२०८३ कार्तिक ११ गते मङ्गलवार

किसानको गहुँ गाउँपालिकाले काटिदिने

झण्डै १ हजार विघामा किसानहरुद्वारा लगाईएको गहुबाली पाक्न थालेपछि कृषी मजदुरको अभावमा समस्यामा परेका किसानलाई राहत प्रदान गर्ने उद्देश्यले तिलाठी कोईलाडी गाउँपालिकाले यस्तो व्यवस्थापन गरेको हो । २ वटा ट्रयाक्टरमा गहु कटर मेसिन जडान गरेर विहिबार देखि थालिएको गहु काटने कार्यलाई तिब्रता प्रदान गर्न शुक्रबार दुईवटा मेसिन समेत थपिएको छ । वडा नं. ७ बाट सुरु गरिएको गहु काटने कार्य गाउँपालिकाका सवै ८ वटै वडामा पुर्याउने गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए । गाउँपालिकाका सवै वडामा गरी करिब १ हजार विघा जग्गामा यसपल्ट गहु खेती गरिएको छ । कृषि मजदुरको अभावमा पाकेर खेतमै रहेका गहुबाली काटन नसकी चिन्तामा डुबेका किसानहरुलाई राहत प्रदान गर्न यस्तो व्यवस्थापन गरिएको अध्यक्ष सिंहको भनाई छ । किसानले मेहनत गरेर फलाएको अन्नबाली नष्ट हुन नदिन र कृषि व्यवसायीको मनोबल उच्च राख्न गाउँपालिकाले गहु काटने कार्यमा ईन्धन, गाडीभाडा, मेसिन खर्च र ज्याला गरी २८ लाख रुपैया सम्म लगानी गर्ने तयारी गरेको उनले बताए । गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश झाका अनुसार हावाहुरीका समय भएकाले पाकेको गहुबाली खेतमै नष्ट हुने अवस्था देखिएपछि गाउँपालिकाले कोरोना भाईरसले उत्पन्न गरेको विषम परिस्थितिका कारण कृषि पेशाम संलग्न किसानहरुको हितका लागी ठुलो रकम लगानी गरेको बताए । झाका अनुसार कृषि श्रमिकले किसानबाट गहु काटे वापत प्रति विघा ४ देखि ५ हजार रुपैया सम्म पारिश्रमिक लिने गर्थे । तर अहिले लकडाउनका कारण त्यति रकम दिदा पनि श्रमिक नपाईएपछि किसानहरु थप समस्यामा परेका थिए । यता गाउँपालिकाले आफनै लगानीमा यसरी गहु काटने व्यवस्था मिलाई दिएपछि किसानहरु निकै हर्षित भएका छन् । कृषक राजाराम मण्डलले भने, धेरै मिहिनेत गरेर लगाएको गहुबाली पाकेर काटने बेलामा श्रमिक नपाउँदा निकै सास्ती खेप्नु परेको थियो, गाउँपालिकाले पहल गरिदिएपछि बल्ल चिन्ता हटेको हो । अर्का किसान भुला मुखियाले भने, यति बेला गहु काटेर घर भित्रयाउने समय हो, तर लकडाउनका कारण श्रमिक नपाउँदा निकै चिन्तित थिए, गाउँपालिकाले सहयोग गरेर ठुलो गुण लगायो । ‘किसानले धेरै मेहनत गरेर फलाएको अन्नबाली नष्ट हुन नदिन तिलाठी कोईलाडी गाउँपालिकाले गरेको प्रयास सरहानीय छ, यसले विषम परिस्थितिका कारण सिर्जित समस्या न्युनिकरण गर्नुका साथै कृषकको मनोबल उच्च बनाउने र कृषि व्यवसाय फस्टाउन ठुलो मदत पुर्याउने काम गरेको स्थानियको भनाई छ । यस्तै कारोनो जोखिमबाट जोगिन एक साताअघि गाउँपालिकाको विभिन्न वडामा एन्टिभाईरस तथा किटनासक स्प्रे छर्कने काम सुरु गरेको सो गाउँपालिकाले शुक्रबार देखि दोस्रो चरण अन्तर्गत बाँकी रहेको वडामा समेत सो औषधी छर्कने काम सुरु गरेका छन् । यसले कोरोनाको जोखिम घटाउने विश्वास गरिएको अध्यक्ष सिंहको भनाई छ ।

प्रकाशित मिति : २०७६ चैत्र २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।