२०८३ कार्तिक १० गते सोमवार

नेपाल निजामती कर्मचारी संगठनद्धारा खेतमै पुगेर किसानलाई सम्मान

तुलसीपुर, १५ असार नेपाल निजामती कर्मचारी संगठन दाङले खेतमै पुगेर किसानलाई सम्मान गरेको छ । २० औ राष्ट्रिय धान दिवसका अवसरमा कर्मचारी संगठनले खेतमै पुगेर कर्मयोगी किसान भिम कुमार सुवेदीलाई सम्मान गरेको हो । संगठनका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता एवम लुम्बिनी प्रदेश सांसद सीता चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, उप्रमुख हुमा डिसी, सुशील वैद्य, वीर बहादुर वली लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा रोपाई समेत समेत गरिएको थियो । दाङमा पहिलो पटक कर्मचारी संगठनले धानदिवस तथा कर्मचारीलाई सम्मान गरेको हो ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।