हापुरे १९ चैत । दाङको बबई गाउँयालिक ४ हस्तनापुरमा अबस्थित चितलगैरा सामुदायिक वनको अध्यक्षमा छबिलाल बिश्वकर्मा चयन हुनुभएको छ । शुक्रबार सामुदायिक बनको २३ ओैं साधारणसभाले बिश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा देबिलाल खत्री,सचिवमा लक्ष्मी बिक,सहसचिवमा रिता बुढा बिक,कोषाअध्यक्षमा शिव कुमार खत्री चयन हुनुभएको छ । समितिको सदस्य हरुमा जित बहादुर बिक, अमृता ढकाल,चुर्न बहादुर वली,रामसरी बिक सुनार चयन हुनुभएको छ । चितलगैरा सामुदायिक वनका अध्यक्ष छवि बिकको अध्यक्षता तथा बबई गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर वलीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार





