२०८३ कार्तिक १२ गते बिहिवार

चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

धादिङ,१२ कात्तिक । धादिङको गजुरी गाउँपालिका –०८ मजुवा र सिउरेनीका दुई जनालाई चोरीको मोटरसाइकल र एक थान बन्दुकसहित नियन्त्रणमा लिइएको छ । मोटरसाइकल चोरीमा संलग्न पक्राउ पर्नेमा गजुरी गाउँपालिका –०८, मजुवा बस्ने १८ वर्षीय बुद्धि बमकाजी भन्ने सागर तामाङ र सोही स्थानको सिउरेनी बस्ने २२ वर्षीय शिशिर तामाङ रहेका छन् ।

सागर तामाङको साथबाट सवारी दर्ता किताब नभएको बा.प्र.०२–०६७ प ७८१३ नम्बरको कालो निलो रङको २२० सीसीको पल्सर मोटरसाइकल र एक थान बन्दुक बरामद गरिएको छ । शिशिर तामाङविरुद्ध प्रहरी वृत्त कालिमाटीमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ७५६ र ७६६ तथा प्रहरी वृत्त थानकोटमा मुद्दा नम्बर ८४ दर्ता भएको देखिएको छ

। त्यस्तै, सागर तामाङविरुद्ध पनि प्रहरी वृत्त थानकोटमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ८४ दर्ता भएको देखिएको छ । बरामद मोटरसाइकल र बन्दुकसहित दुवै जनालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।