तुलसीपुर,१२ कात्तिक । लुम्बिनी प्रदेशमा सडक दुर्घटना, व्यक्ति हराउने तथा आत्महत्याका घटना चुनौतीका रूपमा देखिएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरको असोज महिनाको प्रगति विवरणअनुसार प्रदेशभर एक महिनामा ४०३ सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु र ६८२ जना घाइते भएका छन् । दुर्घटनामा ५५१ सवारीसाधन संलग्न थिए । ट्राफिक नियम उल्लंघन गर्ने ११ हजार ४२८ सवारीसाधन तथा चालकलाई कारबाही गर्दा एक करोड ४७ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै ३०९ निवेदन परेका छन् । तीमध्ये २०२ जना फेला परेका छन् भने १०७ जना अझै बेपत्ता छन् । हराउनेमा १५५ महिला, १०४ बालिका, ३४ बालक र १६ ज्येष्ठ नागरिक रहेका छन् । प्रहरीका अनुसार असोज महिनामा विभिन्न कारणले ३०९ जना पीडित भएका छन् । यस्तै, प्रदेशभर ८१ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ५४ पुरुष र २७ महिला छन् । प्रहरीले अपराध अनुसन्धान तथा नियन्त्रण, सडक सुरक्षा र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ । दुर्घटना न्यूनीकरण, हराएका व्यक्तिको खोजी तथा नागरिक सुरक्षाका लागि प्रहरीको सक्रियतासँगै जनचेतना र सामुदायिक सहकार्य आवश्यक देखिएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।