तुलसीपुर, १४ पुस । तुलसीपुरका एक व्यापारीले जन्मोत्सबको अवसरमा दृष्टिविहिनहरुलाई सहयोग गर्नुभएको छ । तुलसीपुर बजारमा रहेको विकास स्टेस्नरी तथा बुक्स स्टलका संचालक पवित्रा केसीले आफनो जन्मदिनको अवसरमा तुलसीपुर ४ रक्षाचौरमा रहेको गुरु जजुर माध्यामिक विद्यालयका दृष्टिविहिन विद्यार्थीहरुलाई न्यायो कपडा तथा स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो । तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य समेत रहनु भएका व्यवसायी केसीले विद्यालयमा पुगेर एक कार्यक्रमका बिच बलाङकेट,मास्क,स्यानिटाईजर र प्याड वितरण गर्नुभएको हो । फजुल खर्च गरेर जन्मोत्सव मनाउनु भन्दा सेवा नै धर्म हो भन्ने मान्यताका साथ जाडोबाट बच्नका सहज हुने भन्दै ३० जना विद्यार्थीलाई प्रति विद्यार्थी एउटा बलाङकेट, स्यानीटाईजर,मास्क र प्याड वितरण गरेको उहाले बताउनुभयो ।
विद्यालयमा अध्ययनरत ३० जना दृष्टिविहिन विद्यार्थीलाइ उक्त सामाग्री हस्तान्तरण गरिएको छ । जन्मदिनको नाममा खर्च गर्ने प्रबृत्तिको विकास भएको भन्दै उहाले सामाजिक क्षेत्रमा लगानी गर्दा आत्म सन्तुष्टी हुने बताउनुभयो । उक्त सामाग्री पाएपछि दृष्टिविहिन विद्यार्थीहरु खुशी भएका छन् । दृष्टिविहिन विद्यार्थी गणेस गन्धर्वले सहयोग गरेकोमा धन्यावाद व्यक्त गदै केसीलाई गीत मार्फत जन्म दिनको शुभकामना ब्यक्त गर्नुभएको थियो । सो अवसरमा बिद्यालयका प्रधानाध्यापक विष्णु केसी, व्यवसायी केसीका धर्मपति डिल्ली बहादुर केसी , तुलसीपुर उद्योग बाणिज्य संघका सदस्यहरु सपना बस्नेत, निर्मला भुसाल, गंगा वली,नोखिराम बोहरा र ताराप्रसाद केसी लगाएतले जन्मदिनको शुभकामना व्यक्त गदै सामाजिक क्षेत्रमा लगानी गरेकोमा प्रशंसा गरेका थिए ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।