दंगीशरण, ९ मंसीर । महिला हिंसा अन्त्यकालागि सोचमा परिवर्तन ल्याउनुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । पितृ सत्तात्मक सोचकाकारण महिला माथि हुने हिंसा न्युनीकरण नभएको उनीहरुको धारणा थियो । भाषणनितिनियमका कुरा गर्नुभनदाब्यवहारमा परिवर्तन गर्नुपर्ने उनहिरुले बताए ।
दंगीशरण गाउँपालिकामा लैंगीक हिंसा विरुद्धको १६ दिने अभियानअन्र्तगतआजभएको “घरदेखि शुरु गरौँ,महिला विरुद्धको हिंसा अन्त्य गरौँ”भन्ने मुलनाराका साथहानीकारक परम्परागतअभ्यास न्युनिकरणमा पुरुषको भुमिकाविषयक संवादकार्यक्रममाबोल्ने सहभागिहरुले यस्तो बताएकाहुन् । कार्यक्रमको खुला सत्रमा सहभागिलोक बहादु खड्का, गंगा पुरी, विष्णा गौतम, बेदराजअधिकारी लगाएतले मदिरा सेवन तथा विक्री वितरणमा रोक नलगाउँदा सम्म महिला माथि हुने हिंसा नरोकिने बताए । घरदेखि नै यो कुराको लागु गरे समाज परिवर्तन हुन सक्ने उनीहरुको धारणा थियो ।
कार्यक्रममा ओरेककि ईश्वरी थापाले ओरेकले यस वर्ष २०७७÷०७८ मा तयार गरेको अभिलेख प्रश्तुत गर्नुभएको थियो । जसमा १४ हजार २ सय ३२ वटा उजुरी प्रहरीमाआएका छन् । जुनउजुरी मध्ये घरेलु हिंसा बढि रहेको पाईएको छ । महिला हिंसा बहुबिबाह, बालबिबाह, दाईजो प्रथा, छुवाछुत, महिनावारी हुदागरिने विभेद, बोक्सिको आरोपमाहुने विभेद, महिलाको गतिशिलता, महिलाको यौनिकता जस्ता समाजमाविधमानहानीकारक परम्परागतअभ्यासले गर्दा महिला हिंसा न्युनिकरण हुननसकेको जानकारी दिनुभयो । साझेदारीका माया चौधरीले तराई बेल्टमा अझै पनि घुम्टो प्रथाले जरा गाडेकाले महिलामाथि हिंसा नरोकिएको बताउँनु भयो । सिडकि सीताचौधरीले घरमा अझै पनि आफनै श्रीमानबाट महिलाले हिंसा भोग्नुपरेको बताउँनुभयो ।
दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काको अध्यक्षता एंवगाउँपालिका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतीथ्यता तथा प्रमुखप्रशासकिय अधिकृत खिमबहादुर खड्काको विशीष्ट आतीथ्यतामाभएको कार्यक्रममा प्रमुख अतिथी भागिरामचौधरीले महिलाहरुको अधिकारकालागि धेरै आन्दोलन अभियान संचालन भएपनि त्यो कार्यान्वयन हुन नसक्दा महिला हिंसाका घटनामा कमी आउँननसकेको बताए । समुदायमाअझै पनिमहिलामाथीहुने हिंसा छ । केहिधर्मकानाममा , केहि ब्यवहारमा देखीने भिन्नताले यस्ता हिंसाहरु घटेको र नितीनियमभन्दापनिआफु बाट शुरुवात गरेमा समाजलाई हिंसारहित समाज रुपान्तरणगर्न सकिने बताए ।
नोभेमवर २५ महिला हिंसा विरुद्धको अनर्तराष्ट्रिय दिवस र डिसेम्वर १० अन्र्तराष्ट्रिय मानवअधिकार दिवस सम्मको १६ दिनलाई सन् १९९१ देखि लैंगीक हिंसा विरुद्धको अभियानको रुपमामनाउँदै आएको ३० बर्ष भईसकेको छ । यसै अवसरमादंगीशरण गाउँपालिकाले पनिविभीन्न संघसस्ंथा संगको सहकार्यमा वडा, टोल र वस्ती सम्म पुगी कार्यक्रम गर्ने महिला बालबालीका शाखाकि चन्द्रावलीले जानकारी दिनुभयो ।
दंगीशरण गाउँपालिका महिला बालबालीका तथा समाजकल्याण ईकाइको आयोजना ओरक,संघियता साझेदारी सहयोग कार्यक्रम र सीड सस्ंथाको समन्वयमा कार्यक्रम भएको हो । आज पहिलो दिन सेतो रीवन बाधेर कार्यक्रमको सुरुवातगरिएको हो । कार्यक्रममा दंगीशरण गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभीन्न संघसंस्था, सहकारी, प्रहरी प्रशासन, यूवा, मटावा, अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको शहजीकरण पत्रकार शुसील बस्नेतले गर्नुभएको थियो भने महिला बालबालीका शाखाप्रमुख सुन कुमारी घर्तीले गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।