२०८३ कार्तिक १५ गते आइतवार

तिहार सुरु भएपछि बजारमा चहलपहल बढ्यो

फाईल फोटो

तुलसीपुर,१७ कात्तिक । तिहार सुरु भएसंगै दाङका प्रमुख बजारहरुमा मानिसहरुको चहलपहल बढेको छ । तिहारका लागि आवश्यक पर्ने सरसमान किनमेल गर्न आउने मानिसहरुको बजारमा भिडभाड हुने गरेको छ भने सवारी चाप समेत बढेको पाईएको छ । जिल्लाका तुलसीपुर सहित प्रमुख बजारहरु झिलिमिली बनेका छन ।

तिहार सुरु भएसंगै तुलसीपुरका पसलमा किनमेल गर्ने उपभोक्ताहरुको भिडभाड हुने गरेको छ । तिहारका लागि चाहिने उपभोग्य सरसामानका कारण पसलहरु झिलिमिली देखिएका छन । विषेश गरी तुलसीपुुर बजारको बिरेन्द्र चोक,विपी चोक,जेसीज चोक र बसपार्क क्षेत्रमा मान्छेहरुको चाप बढेको छ । तिहारमा चाहिने खाद्यान्न,नुन,तेल,मैदा,चिनि,सप्तरङगी टीका,माला,भाँडाबर्तनले पसलहरु सजिएका छन ।

गत बर्ष कोरोना महामारीका कारण चहलपहल कम थियो भने यस पटक कोरोना जोखिम कायम भएपनिम संक्रमणको दर घटेकाले चहलपहल बढको छ । कोरोना महामारीले ठप्प बनेको व्यापार ब्यवसाय सामान्य अवस्थामा फर्किएका छन ।

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।