तुलसीपुर १४ कात्तिक ।
१.जिन्दगी जिउँदाको जन्ती ,मर्दाको मलामी हो । जिन्दगी आसुको सागर,मुस्कानको सलामी हो ।। जसले जसरी बुझ्छ जिन्दगीलाई । आखिर त्यो त भुत अनि बर्तमानको निसानी हो ।।
२–देवता पनि खुशि हुन्छन,धुपधार दियो भने । मान्छेको तँ के कुरा अझ प्यार दियो भने ।। गाह्रो छैन सफल हुन चोट सहदै गएपछि । पत्थर पनि पुजिन सक्छ, आकार दियो भने ।।
दाङको तुलसीपुर निवासी डिल्ली बस्नेत (संगीत) । उहाँको वास्तविक नाम डिल्ली बहादुर बस्नेत । सानै उमेरदेखि साहित्य क्षेत्रमा रुचि राख्नु भएका उहाका विभिन्न साहित्यिक कृति तथा नाटक प्रकाशन भएका छन । बस्नेतले आफु कक्षा नौ मा अध्ययन गर्दा १४ वर्षको उमेरमा ग्रहण शिर्षकको नाटक लेखेको बताउनुभयो । त्यसबेला आफुले लेखेको नाटकले राम्रो वाह वाही पाएपछि साहित्य लेखन तर्फ अगाडि बढ्न त्यतिबेला राम्रो हौसला पाएको स्मरण गर्नुहुन्छ । निकै शान्त स्वाभावका भद्र मानिने बस्नेतले विषेश गरी सामाजिक विषय बस्तुमा आधारित साहित्य लेखनमा दखल राख्नुहुन्छ ।
समाजमा हेपिएका,घर परिवारबाट तृष्कृत भएका,बेसाहारा,शोषित,पिडित बर्गहरुको पिडा र समस्यालाई आफुले साहित्यीक विषय बस्तु बनाउने गरेको उहा बताउनुहुन्छ । ति अनुहार मेरा लागि एैनाजस्तै मानस पटलमा बसेपछि साहित्यीक रुपमा कलम चलाउँने गरेको छु उहाले भन्नुभयो, यति मात्रै होईन शहरीया पात्र, गाउँले पात्र,धनाढ्य,गरीब,पढेको,अनपढ पात्र छनोट गरेर समाजलाई माथि उठाउँन टेलिसिरीयल,लेख,उपन्यास,नाटक,कथा,गजल,मुक्तक लगाएत विभिन्न विधामा कलम चलाउने गरेको छु । लामो समय देखी साहित्यीक क्षेत्रमा कलम चलाउन थालेपनि लगभग १२ बर्षदेखी निरन्तर रुपमा आफ्नो लेखन कार्य चलिरहेको उहाले बताउनुभएको छ । साहित्य क्षेत्र लगाएत अन्य क्षेत्रको पनि अनुभव साहित्य क्षेत्रबाट लेखन यात्रा सुरु गर्नुभएका डिल्ली बस्नेत(संगित)ले अन्य क्षेत्रमा पनि उत्तिकै रुचि राख्ने गर्नुहुन्छ । साहित्य विधादेखि कलाकारीता र पत्रकारिताको राम्रो अनुभव संगालेको उहा बताउनुहुन्छ । नरङगीएको सिउँदोमा नाटक,लेखन ,कथा,अभिनय जस्ता कला उहाले प्रस्तुत गर्नुभएको छ । त्यसैगरी कागज पत्र, कस्ले बनायो मायाँ जस्ता फिल्महरुमा आफुले अभिनय पनि गरेको उहाको भनाई छ । आफुले निर्माण गरेका सिरियल केन्द्रिय टेलिभिजनमा प्रसारण नभएता पनि स्थानिय टेलिभिजनमा प्रसारण गरेको टेलिसिरियल मात्र १२ वटा रहेको जानकारी दिनुभयो । २०६१ र ०६२ साल तिर रेडियो तुलसीपुरबाट प्रसारण हुने नाटक आफै लेखेको उहाले बताउनुभयो ।
रेडियो तुलसीपुरमा काम गर्दा ६÷७ वर्षको अवधिमा सात दर्जन नाटक आफैले लेखेको उहा बताउनुहुन्छ । त्यसबेला कम्पोज, निर्देशन,अभिनय समेत आफै गर्नुभयोे । कतिपय चलेका नाटक स्टेजमा टिकट सिस्टममा अढाई सयदेखि पाँच सय रुपैयाँ तिरेर हेर्न गएको स्मरण गराउदै बस्नेतले निर्माण गर्नुभएका दुई दर्जन सडक नाटक पनि रहेका छन । आफुले निर्माण गरेको डकुमेन्ट्री,मेरो दाङ मेरो सान,थारु भाषाको हशियक दाँग रहेको छ । मोटिभेसन कक्षा पछिल्लो समय बिजौरीको हाडिमेमा रहेको नयाँ पाईला पुर्नस्थापना केन्द्रमा मोटिभेसन कक्षा दिदै आएको बस्नेतले बताउनुभएको छ । विभिन्न लागुऔषध,दुरब्र्यसनीमा फसेका,घर तथा समाजबाट तिरष्कृत भएका,केहि गर्न नसेका र आत्महत्या गर्न खोज्नेहरुलाई मोटिभेसन कलास दिदै आईरहेको उहाले बताउनुभयो ।अहिले धेरै डकुमेन्ट्री,सर्ट फिल्महरु आइरहेकाले अब यता पनि समय मिलाएर गर्ने उहाले बताउनुभयो ।
जुन मान्छे संग जुनुन,प्यासन छ,भने अवश्य पनि देखाई छाड्ने कुरामा विश्वस्त पार्नुभयो । उहाले भन्नुभयो,कठोर चट्टानलाई फोडेर पीपल उर्मिन सक्छ भने मान्छे चाहेमा असम्भव केहि छैन ,मान्छे चाहानाले चलोस वा नचलोस यहाँ बहानाले चलिराको देखिराछु । त्यो बाहानाले सौदा बाजिले मान्छे टिक्न सक्दैन ,जिन्दगी टिक्ने भनेको चाहानाले हो ।”

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।