तुलसीपुर,११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमालें) तुलसीपुर नगर कमिटीले नन्दलाल ओलीको निधन प्रति गहिरो शोक व्यक्त गरेको छ । नगर कमिटी अध्यक्ष माधव ओलीले आज एक शोक विज्ञप्ती जारी गर्दै एमाले जिल्ला कमिटी दाङका सदस्य लोक बहादुर ओलीका बुबा नन्दलाल ओलीको निधन प्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदन प्रकट गर्नुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका १६ निबासी नन्दलालको निधनले पार्टीलाई ठूलो क्षेति पुगेको समेत शोक विज्ञप्तीमा उल्लेख छ । नन्दलालको निधनले स्तब्ध भएको बताउँदै अध्यक्ष ओली द्धारा जारी शोक विज्ञप्तीमा भोलि बिहान साढे सात बजे बबई घाटमा हुने अन्त्यष्टि समारोहमा सहभागी हुन पार्टी सदस्य, समर्थक तथा शुभचिन्तक सबैमा हार्दिक अनुरोध गरिएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।