पश्चिम दाङमा दुई महिनामै झन्डै दुई हजारले बनाए मतदाता परिचयपत्र

फाइल फोटो

तुलसीपुर, १० कात्तिक । पश्चिम दाङमा वितेको दुई महिनाको अवधीमा झन्डै दुई हजार नागरिकले मतदाता परिचय पत्र बनाएका छन् । पश्चिम दाङका नागरिकलाई मध्येनजर गदै गत भदौ १ गतेदेखी ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट मतदाता परिचय पत्र प्रदान गरिएको छ । ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञ बहादुर बुढाले दिएको जानकारी अनुसार भदौ देखी कात्तिक पहिलो हप्ता सम्म एक हजार नौ सय सन्ताउन्न जना नागरिकले मतदाता परिचय पत्र बनाएका छन् । गत भदौमा ८ सय ५ जना, असोजमा ९३४ जना र कात्तिक ८ गते सम्म २ सय १८ जनाले नयाँ मतदाता परिचय पत्र लिएको उहाले जानकारी दिनुभयो ।

कार्यालयबाट पछिल्नो समय मतदाता परिचय पत्र लिनेको संख्या बढ्दै गएको उहाले बताउनुभयो । पश्चिम दाङको शान्तिनगर, बबई गाउँपालिका र दंगीशरण गाउँपालिकाबाट एकैपटक धेरै संस्थामा गाडी रिर्जव गरेर नागरिकहरु मतदाता परिचय पत्र बनाउन आउने गरेको उहाले बताउनुभयो । जसले गर्दा कुनै दिन कार्यालयमा मतदाता परिचय पत्र बनाउनेको भिडभाड हुने गरेको पनि उहाले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका सहित पश्चिम दाङका तिन वटा पालिकाका नागरिकलाई सहज हुने गरी कार्यालयबाट मतदाता परिचय पत्र प्रदान हुदै आएको छ ।

यस अघि जिल्ला निर्वाचन कार्यालय घोराहीबाट मात्रै मतदाता परिचय पत्र प्रदान हुदै आएको थियो । तर जिल्लाका सवै नागरिकलाई पाएक र सहज हुने गरी चार स्थानबाट अहिले मतदाता परिचय पत्र बनाउने काम भईरहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो । उहाका अनुसार गत भदौ देखी निर्वाचन कार्यालय सहित जिल्ला प्रशासन कार्यालय घोराही, लमही प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट नयाँ मतदाता परिचय पत्र बनाउने काम भईरहेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार
प्रतिक्रिया