नागरिक स्वतन्त्रतालाई हनन गर्न पाईदैन : नेपाली

तुलसीपुर, ७ कात्तिक । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय समावेशी सचिव निर्मल नेपालीले नागरिक स्वतन्त्रलाई हनन गर्न नपाईने बताउनु भएको छ । पछिल्नो समय अफगानिस्तानमा तालिवानले सत्ता कब्जामा लिएसंगै त्यहा मानव अधिकारलाई व्यवास्ता गदै हिंसात्मक तथा मानविय घटना भईरहेको प्रति दुःख व्यक्त गदै उहाले नागरिकको स्वतन्त्र बाँच्न पाउने अधिकारलाई रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

शान्ति समाज दाङ शाखाले सयुक्त राष्ट्र संघको स्थापना दिवसका अवसरमा आईतवार तुलसीपुरको विपिचोकमा आयोजना गरेको आधा घण्टा धर्ना कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेपालीले अफगानिस्तानमा भईरहेको नागरिक दमनका विरुद्धमा सवैले आवाज उठाउनु पर्ने बताउनुभयो । शाखा सभापति तुलसीराम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा शाखा संस्थापक सभापति डिल्लीराज धितालले मानव अधिकारको पुर्नरक्षाका लागी विश्भरका मानव अधिकारवादीहरुले फेरी खवरदारी गर्नु पर्ने बेला आएको बताउनुभयो ।

प्रजातन्त्र,लोकतन्त्र स्थापना भएका मुलुकहरुले नागरिकहरुले स्वतन्त्र रुपमा आफना कुराहरु बोल्न पाउनु पर्ने उहाले बताउनुभयो । सो अवसरमा जेष्ठ नागरिक संघका जिल्ला उपाध्यक्ष खुमान्नद अधिकारी,समाजका शाखा कोषाध्यक्ष कमल डाँगी, पत्रकार लक्ष्मण विश्वकर्मा लगाएतले मानव अधिकारका सवालमा शान्ति समाजले खेलेको भुमिकाको प्रशंसा गर्नुभएको थियो । भर्ना कार्यक्रमको सहजीकरण शाखा सहसचिव उषा गौतमले गर्नु भएको थियोे ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया