तुलसीपुर, १ कार्तिक । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुर क्षेत्रको सुरक्षा अवस्थालाई प्रभाकारी बनाउन निर्देशन दिनुभएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालसंग सुरक्षाको विषयमा जानकारी लिर्दै नगर प्रमुख पाण्डेले यस्तो निर्देशन दिनुभएको हो ।डिएसपी अर्यालले सुरक्षा चुनौतिका विषयमा समस्या राखेपछि संभावित हुनसक्ने अपराधिक कृयाकलापलाई न्यूनिकरण गर्न र नागरिकको जिउ,धनको सुरक्षाका लागि उपमहानगरपालिकाले आवश्यक पर्ने सबैखालको सहयोग गर्ने नगर प्रमुख पाण्डेले बताउनुभयो ।
तुलसीपुर बजारलाई रातको समयमा उज्यालो बनाउन आधुनिक लाइटको व्यवस्था गर्ने, तुलसीपुरको नँयाबस पार्कमा रहेको टर्मिलन भवनमा अस्थायी प्रहरी बिट राख्ने, बजार क्षेत्रमा सिसि क्यामरा थप गर्ने, गहतेखोला, भमकेखोलामा सोलार बत्ती जडान गर्ने र ईलाका प्रहरी कार्यालयमा ट्रष्ट निर्मणकालागि अबिलम्ब प्रकृया अघि बढाउन निर्देशन दिएको तुलसीपुर उपमहागनरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
आवश्यक संरचना र पुर्वाधार निर्माणका लागि उपमहानगरपालिकाका इन्जिनियर पवन योगीको संयोजकत्वमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्याल र तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे सदस्य रहेको समन्वय समिति गठन गरिएको छ । सुरक्षासंग सम्बन्धित कार्य गर्नका लागि समन्वय समितिले आवश्यक प्रकृया थाल्ने छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।