फाईल फोटो
प्युठान,१ कात्तिक । प्युठानको सरुमारानी गाउँपालिका अन्र्तगत बडडाँडादेखि देबिस्थान सम्म पहिरो जादा सडक अबरुद्ध भएको छ । हिजो आइतबारदेखि परेको अबिरल बर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
पहिरो जादा सवारी आवागमन पुर्णरुपले ठप्प रहेको प्रहरीले बताएको छ । अविरल वर्षापछि आएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ । लगातार पानी परेको हुनाले पहिरो हटाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । पहिरोका कारण बाटो बन्द भएर दर्जनौ यात्रु सडकमै अलपत्र परेका छन् ।
प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।