कपिलवस्तु,३१ असोज । कृष्णनगरमा फैलिएको झाडापखाला अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन । कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखालाका कारण तीन बालबालिकासहित चार जनाले ज्यान गुमाइसकेका छन् । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचारका लागि झाडापखालाका बिरामीहरु आउने क्रम रोकिएको छैन ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट महेश चौधरीका अनुसार अहिले पनि दिनहुँ दुई दर्जन बढी झाडापखालाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । अस्पतालमा हाल उपचाररत झाडापखालाका बिरामीहरुको संख्या १९ छ । अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको संख्या ८७४ पुगेको र सिकिस्त बनेका ४१ जनालाई अन्य अस्पतालमा रिफर गरेको अस्पतालको तथ्यांक रहेको छ । झाडापखालाको कारण दूषित पानी र सरसफाइको अभाव भएको प्रारम्भिक अध्ययनबाट देखिएको स्वास्थ्य कार्यालय र अस्पतालले जनाएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।