२०८३ कार्तिक १५ गते आइतवार

थारुहरुको दशै सखिया लोप हुदै

फाइल फोटो

तुलसीपुर,२८ असोज । थारु समुदायको आफ्नै परम्परा पछिल्नो समय टर्च बालेर खोज्नु पर्ने अवस्था आएको छ । दशैको रमझमले गाउँको बातावरण नै गुञ्जायमान हुने त्यो समय पछिल्नो समय लोप हुन थालेको छ । प्रत्यक थारु बस्तीमा पाइने दशैया नाच अहिले कमै मात्रामा देख्न पाईन्छ । दशै सुरु हुनु भन्दा अघि करिव एक महिनादेखि खेलिने दशैया नाच अहिले विरलै देख्न पाइन्छ । जीवनमा आएको परिवर्तन र कृषी भन्दा अन्य क्षेत्रको रोजागारी सम्भावना बढ्न थालेपछि अहिलेका पुष्ताले पहिलेका पुराना चाड मनाउन छाडेको पाईन्छ ।

लह–लह धानका फाट टह–टह जुनेली रात सडक ऋतुको मगमगाउँदो बातावरण प्रकृति उस्तै छन । तर चाल चलन भने निकै फेरिएको छ । बेलुकाको खाना खाईसकेपछि फुर्सदको समयमा नाच्ने युवती,मादल बजाउँने युवा र हेर्न जाने रमितेले गर्दा बस्तीको रौनक नै हर्ष उल्लासमय हुन्थ्यो । तर हिजो आज युवा युवती अन्य रोजगारीको काममा ब्यस्त भएको कारणले पनि संस्कृति लोप हुदै गएको तुलसीपुर ८ का महतवा खिमलाल चौधरीको भनाई छ । उहाँका अनुसा अरु संस्कृतिको नाच,गीत मेला महोत्सवमा पनि देख्न सकिए पनि दशैमा नाचिने यो नाच केवल दशैको बेलामा मात्र देख्न सकिन्छ । युवा पुष्ता सखिया नाच छाडेर डिजे डान्समा रमाउँने देखिएकाले पनि परम्परामा ठुलो धक्का पुगेको छ ।

सबैको लोक प्रिय सखिया नाचले थारुको मौलिक पहिचान बोक्ने भएकोले यसलाई निरन्तरता दिई जिवन्त राख्नु पर्नेमा थारु बुद्धिजिबिहरुको भनाई रहेको छ । थारु दशैया नाच श्रीकृष्णको लिलामा आधारीत सास्त्रिय निति भएको थारु संस्कृतिविद जानकारहरुले बताएका छन । टाढा–टाढाबाट आएका पाहुँनाहरुको स्वागतमा दशैको टीकादिन अझ विषेश नाचेको देखिने गरेको थियो छ । तर हिजो आज घरका परिवार संगै रमालो गर्ने मात्र सिमित बनेको पाईन्छ । थारु समुदायले आफ्नो कला परम्परा पनि जोगाउँन उत्तिकै आवश्यक रहेको थारु अगुवाहरु बताउँछन् ।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।