दार्चुला,१३ असोज । दार्चुलामा नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयवासी समस्यामा परेका छन । गत वर्षबाट अवरुद्ध नेपाल टेलिकमको स्काइ फोनल व्यास गाउँपालिकाको छाङ्गरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा समस्यामा परेका हुन । भायनेट पनि सँधै नचल्दा समस्या हुने गरेको छ ।
कहिलेकाहीँ महिना दिनसम्म सम्पर्कविहीन बस्नुपरेको अवस्था रहेको स्थानियले गुनासो गरेका छन । टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले दुईपटक गएर मर्मत गरे पनि स्काइले काम गर्न नसकेको स्थानीयवासीले बताएका छन । एक वर्ष छांगरुमै फोरजी सेवा चल्ने नमस्तेको टावर जडान गरिएको भए पनि अझै सञ्चालनमा ल्याइएको छैन । टावरको काम भए पनि आवश्यक उपकरण आइनपुग्दा सञ्चालन हुन नसकेको टेलिकमले जनाएको छ । तिंकर गाउँमा भने कुनै पनि फोनले काम गरेको छैन । फोनले काम नगर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि समस्या भोग्दै आएका छन् । छांगरुस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्ममा ल्याण्डलाइन फोन जोडिएको छ । ल्याण्डलाइन पनि नियमित सञ्चालन नहुँदा समस्या हुने गरेको सुरक्षाकर्मीले बताएका छन ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।