२०८३ कार्तिक १६ गते सोमवार

जन्मदिनमा सरस्वतीले बितरण गरिन १२६ जना विद्यार्थीलाई स्कुल पोशाक

तुलसीपुर, १० असोज । आफ्नो जन्मदिनको अवसरमा सरस्वती घर्तीले एक सय २६ जना विपन्न वर्गका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निबासी मोहन घर्तीकी सुपुत्री सरस्वतीले २३औं जन्मदिनका अवसरमा कुटेचौर र भित्रीसंग्राम विद्यालयमा पुगेर विद्यार्थीलाई स्कुल पोशाक र कापी वितरण गर्नुभएको हो । नवजागरण माध्यामिक विद्यालय कुटेचौरमा अध्यनरत ६३ जना र माध्यामिक विद्यालय भित्रीसंग्राममा अध्यनरत ६३ जना छात्र–छात्रालाई सरस्वतीले करिब एक लाख १२ हजार बराबरको स्कुल पोशाक र शैक्षिक सामग्री वितरण गर्नु भएको हो ।

वुबाको प्रेरणाका कारण जन्मदिनमा हुने फजुल खर्च कटाएर वडाको विकट वस्तीमा रहेका माध्यामिक विद्यालयमा पढ्ने बिपन्न परिवारका छोराछोरीलाई पोशाक र कापी वितरण गरेको उहाँले बताउनुभयो । जसकाकारण आफु अत्यन्तै खुशी भएको र आगामी बर्षमा पनि यस्तै सामाजिक कार्य गर्ने उहाँले बताउनुभाये ।

माध्यामिक विद्यालय भित्रिसंग्रामका प्रधानाध्यापक सुर्य बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–१९ का वडा अध्यक्ष रामबहादुर योगीको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका नेता टोपेन्द्र केसी, रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, कुटेचौर विद्यालयका प्रधानाध्यापक गोपाल खड्का, बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगी, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, न्यु स्टार बोर्डिङ स्कुलका प्रिन्सीपल शरण जिएम, युवा व्यवसायी महोहन घर्ती, १९ नम्बर वडा सदस्य केशर बहादुर पुन, धरमपानी टोल विकास संस्थाका अध्यक्ष बीरबहादुर पुन, नन्द रोका, रामकुमार घर्ती, गाणेश घर्ती लगाएते सामाजिक कार्यको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।