तुलसीपुर उपमहानगरपालिकाद्धारा दिप प्रज्ज्वलन

तुलसीपुर, ३ असोज । तुलसीपुर उपमहानगरपालिकाले संविधान दिवसका अवसरमा दिप प्रज्ज्वलन गरेको छ । उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर साँझपख दिप प्रज्ज्वलन गरेको हो । नगर प्रमुख घनश्याम पाण्डेले दिप प्रज्ज्वलन गर्दै संविधान कार्यान्वयनका सबैले आआफनो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नगर प्रवक्ता श्याम डाँगीको अध्यक्षाता एवं नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेकपा एमालेका नेताहरु मेघराज भुसाल, शेवकराम भण्डारी, तुलसीपुर उपमहागनरपालिका ३ का वडा अध्यक्ष विजय विक, तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, मावि सेन्टर स्कुलका प्रधानाध्यापक भागवत पौडेल, अमर मावि उरहरी स्कुलका प्रधानाध्यापक पदम वली, यान्त्रीक शाखा प्रमुख प्रमुख केशव डाँगी, लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया