२०८३ कार्तिक १५ गते आइतवार

संविधान दिवसको अवसरमा नगर प्रमुख पाण्डेद्धारा शुभकामना

तुलसीपुर, ३ असोज । तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले संविधान दिवसका अवसरमा समस्त नगरबासी वुवा–आमा दिदीबहिनी दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

ऐतिहासिक जनसंघर्षबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशी, समानुपातिक प्रणालीजस्ता महत्वपूर्ण उपलब्धि सहितको संविधानलाई सार्थकता तुल्याउनका लागि आम नेपाली जनतालाई गरिबीबाट मुक्त गरी आर्थिक समृद्धिका लागि संघियता कार्यान्वयनमा जोड दिनुपर्ने शुभकामना सन्देशमा उल्लेख गरिएको छ । ऐतिहासिक जनआन्दोलन र जनसंघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि आजको विशिष्ट दिन ल्याउन पहल गर्ने, राजनीतिकदल, नागरिक समाज, विभिन्न संघसंसथा लगाएत समस्त नेपालीहरुलाई नगर प्रमुख पाण्डेले धन्यवाद समेत दिनुभएको छ ।

मुलुकमा परिवर्तन ल्याउन जनआन्दोलनहरुमा शहादत प्राप्त गर्ने महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै संघर्षका दौरानमा घाइते तथा अपाङ्गता हुनुभएका सबै योद्धाहरुको स्वास्थ्य लाभको कामना गर्दै सन्देशमा संविधानको कार्यान्वयनमा भएका पहलकदमीहरुको समीक्षा गर्दै इमान्दारितापूर्वक यसको पालना गर्न सबै लाग्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।