२०८३ कार्तिक १५ गते आइतवार

एकता टोल विकास संस्थाको अध्यक्षमा भण्डारी

तुलसीपुर, २ असोज । तुलसीपर उपमहानगरपालिका–८ मालभुङ स्थित एकता टोल विकास संस्थाको अध्यक्षमा घनश्याम भण्डारी चयन हुनुभएको छ । शनिबार बसेको संस्थाको तेस्रो साधारणसभाले भण्डारीको अध्यक्षतमा ७ सदसीय नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा युवकली भण्डारी, सचिव प्रेमा वली, कोषाध्यक्ष हेमलाल सापकोटा र सहसचिवमा हेमा डाँगीलाई चयन गरिएको छ ।

त्यसैगरी संस्थाको सदस्यमा डिला भण्डारी, तिला विकलाई पनि चयन गरिएको छ । संस्थाका अध्यक्ष यम प्रसाद सुवेदीको अध्यक्षतमा बसेको साधारणसभामा अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका उपाध्यक्ष यमबहादुर विक, नमुना टोल विकास संसथाका अध्यक्ष हस्तबहादुर रसाईली, कृष्णबहादुर बस्नेत लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।