जन्मदिनको अवसरमा समाज सुधार केन्द्रलाई १४ हजार सहयोग

तुलसीपुर, २९ भदौ । तुलसीपुरका एक व्यापारीले जन्मदिनको अवसर पारेर अपाङग समाज सुधार केन्द्र तुलसीपुरलाई नगद १४ हजार रुपैया आर्थिक सहयोग गर्नुभएको छ । बाहिनीचोक नजिकै रहेको पौडेल किराना पसल संचालक धर्मराज पौडेलले आफ्नी धर्मपत्नी मिना पौडेलको जन्मदिनको अवसरमा मंगलवार एक कार्यक्रमका बिच केन्द्रलाई १४ हजार रुपैया सहयोग गर्नुभयो । केन्द्रका अध्यक्ष हुमाकान्त कडेलको अध्यक्षतामा भएको कार्यक्रममा पौडेल परिवारले रकम हस्तान्तरण गरेको हो । संस्थाप्रति सहयोगी भावनाले आफुहरुले जन्मदिनको अवसर पारी सहयोग गरेको मिना पौडेलका ससुरा सुर्य बहादुर पौडेलले बताउनुभयो ।

आफुहरु धनी भएर नभई सहयोगीको भावनाले संस्थालाई सहयोग गरेको उहाले बताउनुभयो । विगतमा घरमै फजुल खर्च गरेर जन्मदिन मनाएकोमा यस वर्ष भने सामाजिक क्षेत्रमा थोरै भएपनि लगानी गरौ भन्ने मनसायले संस्थालाई आर्थिक सहयोग गरेको उहाले बताउनुभयो । साथै उहाले अपाङगता संस्थालाई सवैले सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । विशेषगरी राज्यले नै अपाङगता भएका व्यक्तिहरुलाई शिक्षा संगै रोजगारीको ग्योरन्टी गर्नुपर्ने उहाको भनाई थियो । अपाङगता व्यक्ति तथा संस्थाको विकासका लागी सवैको सामाजिक दायीत्व भएको बताउनुभयो । सोहि अवसरमा बोल्दै मिना पौडेलका वुवा घनश्याम भण्डारीले सामाजिक कार्य प्रतिको प्रशंसा गदै अन्य व्यक्तिले पनि फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा सामाजिक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

पौडेल परिवारले दिएको रकम बराबरको रेलिङ निर्माण भईसकेको केन्द्रका महासचिव दोलक बहादुर खत्रीले जानकारी दिनुभयो । पौडेल परिवारले यस अघि नै रेलिङ निर्माणको लागी आफुले आर्थिक सहयोग गर्ने उद्घोष गरे लगतै निर्माण कार्य सुरु भई सम्पन्न भएको उहाले जानकारी दिनुभयो । केन्द्रको कार्यालयमा आउने अपाङगता भएका व्यक्तिहरु ह्वील चियर मार्फत शौचालय जादा लड्ने जोखिम भएकाले रेलिङ निर्माण गरे संगै सुरक्षित भएको उहाले बताउनुभयो । संस्थाले सहयोग गर्ने पौडेल घरपरिवार प्रति धन्यावाद ज्ञापन गरेको छ ।

जन्मदिनको अवसरमा मिना पौडेललाई खादा र टिका लगाएर शुभकामना व्यक्त गरिएको छ । उपाध्यक्ष ईश्वरी प्रसाद खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दोलक खत्रीले गर्नुभएको थियो ।साथै केन्द्रले केहि समय अघि देखी फिजियोथेरापी सेन्टर संचालन गरेको छ । यसको थप व्यवस्थापनका लागी विभिन्न संघसंस्था तथा समाजसेवीहरुले जिन्सी सामान सहयोग गदै आएका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया