तुलसीपुर, २७ भदौ । थारु समुदायहरुको महत्वपुर्ण पर्व अट्वारी हर्षेल्लासका साथ मनाउदैछन् । अघिल्लो दिन चेलीहरुलाई अग्रासन दिनका लागी उपहारहरु किनमेल गर्ने र दर खाने प्रचलन छ ।विशेषगरी दाङ,बाँके,बर्दिया,कैलाली,सुर्खेत,कपिलवस्तुका थारु समुदायले यो पर्वलाई धुमधामका साथ मनाउने गर्दछन । अट्वारी पर्वको अघिल्लो दिन घर–घरमा मिठा परिकार बनाउनलाई सामाग्री जुटाउँने देखि दिदीबहिनीहरुको लागि नदि,खोलाहरुमा माछाको जोह गर्ने प्रचलन रहेको छ ।
अट्वारी पर्वमा थारु समुदायले राति दर खाने गर्दछन् । परम्परा देखि थारु समुदायहले मनाउँदै आएको यो पर्वको मौलिक संस्कृति संग जोडिएको थारु अगुवाहरुबताउँछन ।यस पर्वमा थारु समुदायका विषेश गरी पुरुषहरु दिन भरी ब्रत बसी दिउँसो ३ बजे देखि रोटी हाल्ने र साँझ दहि,केरा,बेलौति,अनार,स्याउ,रोटी, लगाएतका परिकार आदिलाई राखेर भीमको पुजाआजा गर्ने प्रचलन छ ।
दाजु बहिनीको भातृत्व प्रेम ,तथा आत्मीयता बढाउँने दिनका रुपमा थारु समुदायका घरपरिवार भित्र रमाईलो गरी मनाउँने चलन छ । पर्वको अवसरमा तुलसीपुर उपमहानगरपालिका सहित अन्य पालिकाले सार्वजनिक विदा दिएका छन् भने लुम्बिनी प्रदेश सरकारले दाङ,बाँके र बर्दियाका थारु समुदायहरुलाई मात्रै विदा दिएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।