तुलसीपुर, २४ भदौ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्दै सुरक्षित रुपमा तीज पर्वलाई मनाउन सम्पूर्ण नगरबासी महिला दिदीबहिनीहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाली नारीहरूको महान् पर्व तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्दै नगर प्रमुख पाण्डेले कोभिडको संक्रमण अझै कायम रहेकाले समाजिकदुरी कायम गर्दै सुरक्षित रुपमा पर्व मनाउन आग्रह गर्नुभयो ।
पर्वका नाममा केहि विकृतिहरु पनि भित्रीएको प्रति चिन्ता व्यक्त गर्दै नगर प्रमुख पाण्डेले नेपाली संस्कृतिको महत्वपूर्ण पाटोको रुपमा रहेको हरितालिका तीजलगायतका पर्वहरु मनाउने शैलीमा केही सकारात्मक सुधारको खाँचो रहेको बताउँदै शुभकामना सन्देशमा संस्कारयुक्त सदाचार जीवन शैली अपनाउने पर्वका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।