तुलसीपुर, १९ भदौ । क्युपेक नेपाल दाङको प्रथम जिल्ला अधिवेसन शनिवार तुलसीपुरमा सम्पन्न भएको छ । क्युपेक नेपाल तुलसीपुर कमिटिका अध्यक्ष कमल बिकको अध्यक्षता एवं क्युपेक नेपालका केन्द्रिय अध्यक्ष नरनाथ लुईटेलको प्रमुख अतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।अधिवेशन उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथि लुईटेलले श्रमीक वर्गहरु संगठित हुन आबश्यक रहेको बताउनुभएको छ ।
ज्यालामजदुरी गर्ने श्रमिक बर्गहरु ठगिने र अन्यायमा पर्ने क्रम बढेको भन्दै न्यायका लागी सम्पुर्ण श्रमजिवी बर्गहरु एकजुट हुन आबश्यक रहेकोमा उहाले जोड दिनुभयो । श्रमीक बर्गहरु संगठित भए मात्रै आफना समस्या र मुद्धाहरु उठाउन सकिने बताउदै उहाले देशभरका श्रमीकहरुलाई गोलबद्ध हुन आग्रह गर्नु भएको हो ।
सो अवसरमा लुम्बिनी प्रदेश जिफन्तका अध्यक्ष हरि कार्की,प्रदेश कमिटि सदस्य शिवराम पन्थि,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष केशव भण्डारी,नेकपा एमाले तुलसीपुर वडा नम्वर ५ को वडा कमिटिका अध्यक्ष टिकाराम पुन र नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटिका अध्यक्ष खुशीराम चौधरी लगाएतले बोल्नु भएको थियो । क्युपेक नेपाल तुलसीपुर नगर कमिटिका उपाध्यक्ष तुलबहादुर बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण ओमप्रकास बिश्वकर्माले गर्नुभएको थियो ।
जिल्ला कमिटि गठन यसैविच अधिवेशनले कमल विकको अध्यक्षतामा ११ सदस्ययी जिल्ला कमिटी गठन गरेकोे छ । जसको उपाध्यक्षमा तुलबहादुर विक,सचिवमा टेकबहादुर बिक,सह–सचिवमा किरण परीयार,कोषाध्यक्षमा बिक्रम जिसी चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा विष्णु बिक,कृष्णी बादी, मंगल सिंह नेपाली, पार्वती विक, मोतीलाल गुरुङ र जानकी विक चयन हुनु भएको छ ।कमिटिको सल्लाहाकारमा टिकाराम पुनलाई चयन गरिएको छ । तुलसीपुर नगर कमिटिको अध्यक्षमा विश्वकर्मा त्यसैगरी क्युपेक नेपाल तुलसीपुर नगर कमिटीको नेतृत्व चयन गरिएको छ । जसको अध्यक्षतमा ओमप्रकास बिश्वकर्मा रहनु भएको छ । उहाको अध्यक्षतामा ११ सदस्ययी कार्यसमिति चयन गरिएको छ ।जसको उपाध्यक्षमा कलीमान बिक,सचिवमा पार्वती विक,सह–सचिवमा लोकेन्द्र चमरा,कोषाध्यक्षमा खगेन्द्र बिक,सदस्यहरुमा गोपाल चौधरी,गोबिन्द थापा,दिपक पुन,तिलक नेपाली,अनिता बिक र सीता बिकलाई चयन गरिएको छ ।साथै सल्लाहकारमा रतिराम वली र कमल बिकलाई चयन गरिएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।