दाङ,१८ भदौ । सामाजिक समस्याको रुपमा रहेको लागु औषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाए पनि प्रयोगकर्ताको संख्यामा भने कमी आउन सकेको छैन । दाङ लुम्बिनी प्रदेशको स्थायी राजधानी भएकाले पनि यहाँबाट रोल्पा, सल्यान, प्युठान, रुकुम, बाँके मात्र नभएर छिमेकी देश भारत जाने प्रवेशद्वार भएकाले पनि लागु औषध कारोबार तथा ओसार पसार बढी भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
दाङमा अवैध लागुु औषध तथा प्रतिवन्धीत बन्यजन्तुका अंगहरुको ओसार पसारका रुपमा जिल्लालाई केन्द्रको रुपमा बनाउदै आएका तस्करहरुले पछिल्लो समय सेफ ल्याण्डको रुपमा प्रयोग गर्ने र विक्रि वितरण गर्न थालेको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपि मुकुन्द प्रसाद रिजाल जिल्लाको तुलसीपुर र घोराहीमा वढि अवैध कारोबार हुने गरेको बताउनुहुन्छ । दाङ रोल्पा, सल्यान, प्युठान, रुकुम, बाँके मात्र नभएर भारत संग पनि जोडिएकाले तस्करहरुले केन्द्र बनाउने गरेको प्रहरीको भनाई छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।