तुसीपुर,१४ भदौ ।दाङका थारु समुदायहरुले आज श्रीकृण जन्माष्टमी९अष्टिम्की० आफ्नै मौलिक परम्परा अनुसार मनाउदै छन । तराईका थारु समुदयले यो पर्व आफ्नै मौलिक परम्परा अनुसार धुमधाम मनाउने चलन रहेको छ । थारुहरुले अष्टिम्की भन्ने यस पर्वको पहिलो दिन बिहानैदेखि निरहार व्रत बसिन्छ । गाउँको मुली तर्थात मतहवाकोे घरको बैठक कोठा ९बह्रि०को भित्तामा विभिन्न आकृतिका चित्र कोर्ने गरिन्छ । अष्टिम्की चित्रमा भएको कला ब्रम्हाण्ड सृष्टिसँग सम्बन्धित हुने मान्यता रहेको हुन्छ ।
थारुहरु प्रकृति पुजक भएकाले पनि यसलाई विषेश महत्वका साथ चित्रमा पनि उतारिएको हुन्छ । ब्रतालुहरु त्यसै दिन साँझ नजिकै खोला, नदी, कुवामा नुहाउने र झिसमिसे रात पर्न लागेको समयमा आ–आफ्नो घरमा टपरी सिंगारि तयार गरिएको पूजा सामाग्री र बिचमा माटाको पाला दियो बालेर एकै समयमा मतहवाको घरमा जम्मा हुने गर्दछन । प्रत्यक घरबाट जम्मा भएका ब्रतालु निकै मनमोहित बनाउँने थारु ड्रेसमा रातको जुनकीरी जस्तै लाम बद्ध भएर मतहवाकोे घर प्रवेश गरिन्छ ।
मतहवाकोे घरमा जम्मा भएर अष्टिमकी गीत गाउँदै भित्तामा बनाइएको अष्टिम्की चित्रलाई पालैपालो सबैले पूजा ९टिक्ने० गरिन्छ । साँझको पुजापाठ सबै सकिएपछि आ–आफ्नो घर फर्किएर आफनो परम्परा अनुसार घरमा तयार अवस्थामा रहेको दही,केरा,स्याउँ,बेलौटी,अनार र काक्रा लगाएतका फलफुल दाजुभाइको नाममा छुट्याईन्छ ।
सबै छुट्याइ सकेपछि बेलुकाको ब्रत दही,केरा,स्याउँ,बेलौटी,अनार र काक्रा लगाएतका फलफुल सेवन गरि ब्रत तोड्ने प्रचलन छ । यसरी साँझको सबै काम समापन भएपछि मतहवाको घरमा जम्मा हुने,बिहानको लागि चाहिने सामाग्री तयारी अवस्थामा राख्ने र बत्ति जागराम बस्ने श्रीकृष्ण लिलाकाको गीत गाउँने रमाईलो गर्ने चलन रहेको छ । यसरी दोस्रो दिन बिहानै फेरी प्रत्यक घरबाट महिला र युवती पहिलेकै ड्रेसमा सजिएर मतहवाको घरमा गएर पालैपालो पुजा९टिक्ने० गर्ने गर्दछन । आ–आफ्नो पुजा सामाग्री,दियो,अमिलो,अक्षता र सिन्दुर लगाएतका सामान उठाएर नदी,तलाउ,खोला,पोखरी लगाएत स्थानमा सेलाउन ९अष्टिम्की पुहैना० चलन रहेको छ ।
सेलाई सकेर स्नान गर्ने र अर्को नयाँ पहिरणमा आ–आफ्नो घरमा आएर भात,गेडागुडी,विभिन्न तरकारी को परिकार पहिले जस्तै दाजुभाइको नाममा छुट्याइ दिने र दोस्रो दिनको ब्रत पुर्ण रुपमा भोजन गरी अष्टिम्की समापन गर्ने गरिन्छ । थारु समुदायको परम्परा अनुसार दाजुभाइको लागि छुट्याउने प्रचलन खासगरी आपसी मायाँ,भाइचारीता,आत्मियता बढेर राम्रो सम्बन्ध हुने विश्वास रहेको छ । यही अष्टिम्की पर्वदेखि थारु समुदायको हा¥या गुरइ सुरु हुने गर्छ । बैशाख जेठमा ढु¥या गुरई मनायर बन्द गरिएको नाचगान र मादल यसै पर्बदेखि खुल्ने गर्दछ ।
तस्बिरः गणेश चौधरी फेसबुकबाट

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।