दाङ,८ भदौ । राप्ती गाउँपालिका पशु सेवा शाखाले पशु पंक्षि उपचार आफ्नै भवनबाट सेवा सुरु गरेको छ । वडा नं ४ को गोपीनालामा रहेको पशु पंक्षि उपचार केन्द्रको नवनिर्मित भवनवाट सेवा सुचारु गरेको पशु सेवा शाखा प्रमुख शेर बहादुर हमाल रिजालले जानकारी दिनुभयो ।
पशु पंक्षि उपचार केन्द्रले पशु सेवा प्रविधिक, पशु स्वास्थ्य प्रविधिक, नायव पशु स्वास्थ्य प्रविधिक गरि ५ जना कर्मचारी सहित सेवा दिन सुरु गरेको रिजालले बताउनुभयो । गोपीनालामा रहेको पशु पंक्षि उपचार केन्द्रमा निशुल्क रुपमा पशु पंक्षिहरुको गोवर परिक्षण, आन्तरिक बाहिरी परिजीवीको उपचार, पशु पंक्षि सम्वन्धि सम्पुर्ण रोगको उपचार, खोप सेवा, बन्ध्याकरण सेवा, कृतिम गर्भाधारण सेवा, परामर्श सेवा नियमित रुपमा सञ्चालन र्भईरहेको पशु स्वास्थ्य प्राविधिक कमल पुन मगरले जानकारी दिनु भएको छ । पशु सेवा शाखा प्रमुख शेर बहादुर हमाल रिजालका अनुसार शाखाले नियमित रुपमा हिउदे र वर्षे घाँसका विउ, बेर्ना वितरण गर्दै आएको बताउदै कृषक दाजु भाई दिदी वहिनीहरुलाई पशु, पंक्षि तथा मत्स्य पालन गर्दा कुनै समस्या आएमा सल्लाह लिन अनुरोध गर्नु भएको छ ।
पशु सेवा शाखाले छिटैनै आधारभुत प्रयोगशाला सञ्चालन गर्न लागेको बताउदै रिजालले यस शाखाले सिसहनिया बाट समेत सेवा दिदै आएकोले वडा नं ५ को कार्यालयमा रहेको उपचारकेन्द्रमा समेत सम्पर्क गर्न पशु पंक्षि पालकलाई अनुरोध गर्नु भएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।