२०८३ कार्तिक १६ गते सोमवार

तुलसीपुरमा बलात्कार प्रयासको आरोपमा वली पक्राउ

तुलसीपुर, ८ भदौ । दाङको तुलसीपुरमा बलात्कार गर्न खोजेको अरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –९ सिउपुर निबासी ३५ बर्षका कासीराम वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज श्यामु अर्यालले जानकारी दिनुभयो । आरोपीलाई प्रहरीले शोमबार पक्राउ गरेको हो ।

गएको साउन २१ गते राति ८ बजे वलीले एक्लै भएको मौका छोपेर बलात्कार गर्न खोजे पनि प्रतिकार गरेर जोगीएको भन्दै पिडित ३३ बर्षकी महिलाले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको हो ।

आरोपी, पिडित पक्ष र गाउँका भद्रभलादमी बसेर घटना मिलाएपनि अन्तत्वगत्वा घटना प्रहरी सम्म आइपुगेको प्रहरीले बताएको छ । वास्तविकताका सम्बन्धमा थप अनुसन्धान भइरहेको इन्चार्ज अर्यालले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।