२०८३ कार्तिक १६ गते सोमवार

मध्यवर्ती सामुदायिक वनमा एक बृद्धको शव फेला

काठमाण्डौं,३० साउन । चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा एक बृद्धको शव फेला परेको छ । खैरहनी नगरपलिकाम १३ हर्नरी बस्ने अन्दाजी ६५ बर्षीय भदै महत्तोको बाघले खाएको अवस्थामा हाडखोर फेला परेको प्रहरीले जनाएको छ ।

गत साउन २५ गते नजिकै रहेको कुमरोज सामुदायिक वनमा घाँस काट्न गएको समयमा बेपत्ता हुनुभएका महत्तोलाई आज शनिबार फेला परेको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । महत्ताोलाई सौराहाको हात्ती र चितवन राष्ट्रिय निकुञ्जको करिब ३० वटा हात्तीले केही दिनदेखि खोजी गरेको थियो । त्यस्तै गत असार ७ गते पनि सो वनबाट करिब ८ किलोमिटर टाँढा उत्तर पश्चिममा रहेको जनकौली सामुदायिक वनमा रत्ननगर नगरपालिका–५ बस्ने ३५ वर्षीया गीता अधिकारीको बाघले खाएकै अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।