२०८३ कार्तिक १६ गते सोमवार

शान्तिनगरमा आज देखि कोरोना विरुद्धको भेरोसिल दोस्रो मात्राको खोप शुरु

दाङ,२७ साउन । पश्चिम् दाङ्गको शान्तिनगरमा आज देखि तीन दिन सम्म कोरोना भाइरस विरुद्धको भेरोसिल दोस्रो मात्राको खोप लगाउने कार्य सुरु भएको छ ।

चिराघाट स्वास्थ चौकी , बाघमारे र धनौरी स्वास्थ्य चौकी स्थानबाट खोप लगाउन शुरु गरिएको शान्तिनगर गाउँ पालिकाका स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिनुभएको छ । खोप केन्द्रमा ६५ बर्ष माथिका १ हजार ९४ जना नागरिक लाई साउनको ३१ र ३२ गते कोभिसिल्डको दोस्रो मात्राको खोप लगाउने भएको छ । आउँदो शुक्रबार सम्म चल्ने खोप कार्यक्रममा २६ सय जना लाई भेरोसिलको दोस्रो मात्राको खोप लगाइने संयोजक पुनले बताउनुभएको छ । तीन वटै स्वास्थ्य चौकीमा वडा अनुसार पालो मिलाइएको छ ।

 

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।