२०८३ कार्तिक १६ गते सोमवार

बेपत्ता जयसिंह धामीको ड्रोन क्यामरामार्फत् खोजी गर्ने तयारी

काठमाण्डौं,२५ साउन । गत साउन १५ गते महाकाली नदी तर्नेक्रममा बेपत्ता हुनुभएका जयसिंह धामीको खोजी कार्य जारी रहेको छ । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेको हो । व्यास गाउँपालिका–२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी गरेको सुरक्षाकर्मीले बताएका छन ।

सो घटनाका बारेमा सरकारद्वारा गठित छानबिन समितिले एक पटक ड्रोन क्यामरामार्फत् खोजी गर्ने जनाएको छ । साउन १९ गते खलङ्गा पुगेको छानबिन समिति अहिले पनि दार्चुलामै रहेको बताइएको छ । सशस्त्र प्रहरीले बाइनाकुलरलगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ४४ का गणपति प्रहरी उपरीक्षक नरेन्द्र बमले जानकारी दिनुभएको छ ।

व्यास २ मालघाटदेखि सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने भारतीय पक्षसँग समन्वय भइरहेको समितिका सदस्य एवं निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताउनुभएको छ ।mसहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र निमित्त प्रजिअ भट्ट रहनुभएको छ ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।