सांकेतिक फोटो
तुलसीपुर,२४ साउन । तुलसीपुरका एक कोरोना संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ४५ बर्षीय पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभएको छ ।
बिहिबार पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएपछि भेरी अस्पतालमा भर्ना हुनुभएको उहाँको आज आइतबार बिहान साढे ८ बजे ज्यान गएको वलीले बताउनुभएको छ । वलीका अनुसार अस्पतालमा उपचारत अन्य दुई जना कोरोना संक्रमितको पनि ज्यान गएको छ । ज्यान जानेमा रोल्पाको लुंग्री गाउँपालिका ६ का ५८ वर्षीय पुरुष, र भेरीगंगा नगरपालिका १० सुर्खेतकी ३९ वर्षीया महिला रहेको वलीले बताउनुभयो । अहिले भेरी अस्पतालमा ४० जना कोरोना संक्रमित उपचार गराइ रहनुभएको छ । ति मध्ये १५ जना बाँके जिल्लाकै र २५ जना जिल्ला बाहिरको रहेको बताउनुभएको छ ।
प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।