दाङमा गौबध मुद्दामा फरार एक जना पक्राउ

दाङ १९ साउन । दाङमा गौबध मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना बस्ने ४८ बर्षीय निम बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गौबध मुद्दामा फरार रहेका सार्कीलाई धर्नामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । उनि विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले २०७७।१०।२० गते गौबध मुद्दामा दोषी ठहर गर्दै १ बर्ष ६ महिना कैद सजाय सुनाएको थियो । पक्राउ परेका अभियुक्तलाई कैद भुक्तानका लागि अदालतमा बुझाईएको डिएसपी मुकुन्द प्रसाद रीजालले जानकारी दिनुभएको छ । साथै उहाँले अपराधिक गतिबिधि÷घटनामा संलग्न रही फरार रहेका व्यक्तिहरू कहि कतै लुकिछिपी बसेको देखेमा प्रहरीलाई खबर गर्न पनि अग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया