सांकेतीक फाईल फोटो
नेपालगञ्ज ९ साउन । बाँकेको नेपालगञ्जमा भारतीय नागरीक कोठा भाडा लिएर लागुऔषध कारोबार गरेको थाहाँ पाएपछि प्रहरीले छापा मारेको छ । नेपालगञ्ज उपमहनगरपालिका¬–१२ कोरियनपुरमा शुक्रबार राति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगञ्जमा भाडामा कोठा लिएर अवैध लागुऔषधको ठूलो कारोबार हुँदै आएको तथ्य फेला परेको हो ।
लागुऔषध ब्यूरो नेपालगञ्जले प्राप्त गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति नेपालगञ्ज–१२ कोरियनपुरस्थित तीनतले घरबाट भारतको बहराइच जिल्ला कोतवाली नानपारा बाइपासका २८ वर्षीय सलमान खान, भारत लखनऊ कोतवाली घर भएका २८ वर्षीय मुस्तकिम र नेपालगञ्ज¬–११ टाँगास्टेशन निवासी २१ वर्षीय आजाद कबडियालाई सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उनका अनुसार छापा मार्दा कोठाबाट लागुऔषध तौल गर्ने डिजिटल तराजुसमेत बरामद भएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान शुरु गरेको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।