प्रादेशिक अस्पतालका बिरामीलाई अब नि:शुल्क खाना

तुलसीपुर, ५ साउन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका बिरामी तथा कुरुवाहरुलाई दुई महिनासम्म निशुल्क खाना खुवाईने भएको छ ।  तुलसीपुर उद्योग बाणिज्य संघको व्यवस्थापनमा गुरुदेवले खाना खुवाउने भएको तुलसीपुर उद्योग बाणज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयो ।

अध्यक्ष चालिसेका अनुसार भोलिदेखि दुई महिनासम्म गुरुदेवले निशुल्क खाना खुवाउने छ । खानाको व्यवस्थापन अरनिको मैदनमा गरिने छ । यसै बिच भोलि एक कार्यक्रममा बिच कार्यक्रमको उद्घाटन गरिने उद्योगबाणीज्य संघले बताएको छ ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया