२०८३ कार्तिक १७ गते मङ्गलवार

शान्ता चौधरीले सुरु गरिन् पार्लर व्यवसाय

काठमाडौं, १ साउन । नेकपा एमालेकी नेतृ तथा सांसद शान्ता चौधरीले शरीरको तौल घटाउने तथा पार्लरसम्वन्धी व्यवसायी सुरु गर्नुभएको छ । काठमाडौंमा जिविकोपार्जन कठिन भएपछि यो व्यवसाय संचालन गरेको उहाँले बताउनुभयो । काठमाडौंको कोटेश्वरमा ‘स्मार्ट जोन फिटनेस सेन्टर’ नाममा चौधरीले व्यवसाय संचालन गरेको जानकारी दिनुभएको छ ।

उहाँले फेसवुकमा लेख्नुभएको छ ‘यसलाई अन्यथा नमानिदिनु होला, राजनीतिलाइ निरन्तरता दिन बिहान बेलुका छाक टार्ने कुनै आम्दानि हुनु नै पर्ने रहेछ। पारिबारिक सम्पत्ति तथा आम्दानि नहुने म जस्ताका लागि दैनिक खर्च धान्ने कुरा कठिन थियो नै, तर राजनीतिक संलग्नता बढेसंगै यो कठिनाई अझ बढेर गएको थियो । यसै सिलसिलामा केहि उपाए खोज्ने क्रममा बहिनि मञ्जु गिरिसंग मिलेर काठमाडौंको कोटेश्वरमा ‘स्मार्ट जोन फिटनेस सेन्टर’ भनेर शरीरको तौल घटाउने तथा पार्लर सम्बन्धि काम गर्ने सानो ब्यबसाय सुरु गरेको छु ।’

उहाँले भन्नु भएको छ, ‘विभिन्न रोग तथा आफ्नै शारीरिक कारणले एक समय म आफै अत्यन्त मोटो थिएँ र यस्तै एउटा सेन्टरमा गएर तौल घटाएर आफुलाइ शारीरिक सन्तुलनमा राख्न छोटो समयमै सफल भएपछि थप हौसला मिल्यो र यो सेन्टर खोल्ने अबस्थामा पुगियो । निकै नै प्रभाबकारी हुने रहेछ। मेरा दुई फोटोबाटै तुलना गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।