२०८३ कार्तिक १७ गते मङ्गलवार

तुलसीपुर उपमहानगरपालिका बालश्रमीक खोज्दै

तुलसीपुर, २८ असार । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले तुलसीपुर घोराही सडकमा संचालन हुने गाडी चेकजाँच गरेको छ । बाल श्रम मुक्त नगर बनाउने अभियानमा लागेको उपमहानगरपालिकाले सार्वजनिक सवारी साधनमा बालबालिकाई काम लगाइर्एको छकि छैन भनेर अनुगमण तथा चेकजाँच गरेको हो ।

ट्राफिक प्रहरी, यातायात समिति लगाएतको सहयोगमा तुलसीपुरबाट बाहिरीने र तुलसीपुर भित्रीने तुलसीपुर घोराही सडकमा करिब एक दर्जन बस, हाइस, ट्रिपर चेकजाँच गरिएको थियो । सो अवसरमा महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले सवारी चालक र सवारीधनीलाई बाल अधिकार, बाल श्रम तथा १८ बर्षमुनिका बालबालिकालाई श्रममा लगाउँदा हुने कानुनी कारबाहीका बिषयमा जानकारी गराउनु भएको थियो ।

सवारी साधन अनुगमनपछि त्रिशिद्देश्वरी राप्ती यातायात प्रालिको हलमा बसेको बैठकमा सरोकारवाला निकायले बालबालिकालाई श्रममा नलगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । यातायात मातहतका कुनैपनि सवारी साधनमा १८ बर्षमुनिका बालबालिकाई काममा नलगाउने, सवारीसाधनमा बलश्रम विरुद्धको स्टीकर टाँस गर्ने र बाल श्रम विरुद्धको अभियानलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता एवंम तुलसीपुर उपमहानगरपालिका स्थानीय बाल अधिकार समितिका संयोजक नवराज लामीछानेको प्रमुख आथित्यमा भएको बैठकमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख वीरेन्द्र महरा, नेपाल यातायात स्वतन्त्र मदजुर संगठनका अध्यक्ष केशव भण्डारी, गैसस महासंघ दाङका अध्यक्ष नानीमैया वली, नेपाल यातायात मजदुर संगठनका जिल्ला अध्यक्ष पदम वली, यातायात व्यवसायी प्रकाश भट्ट, अम्बिकेश्वरी यातायात प्रालिका सचिव घनश्याम बस्नेत लगाएतले प्रतिवद्धता व्यक्त गर्दै अभियानलाई सफल बनाउन पूर्णरुपमा सहयोग गर्ने बताएका थिए । यस अघि महिला बालबालिका तथा सामाजिक विकास शाखाले तुलसीपुर क्षेत्रका इट्टाभट्टाको अनुगमाण र बिजौरी र तुलसीपुर उद्योगबाणीज्य संघसंग पनि छलफल गरेको थियो ।

 

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।