तुलसीपुर, २८ असार । दाङबाट भोलिदेखि जिल्ला बाहिर पनि बस संचालन हुने भएका छन् । यातायात समिति र जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा सल्यान, रुकुम, रोल्पा, प्युठान, नेपालगंज, महेन्द्रनगर, बुटवल , नारायाणघाट, काँकटभिट्टा, पोखरा र बिराटनगर गाडी चल्ने भएको त्रिशिद्देश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।
कोभिडका कारण सार्वजनिक सवारीसाधन संचालनमा नआउँदा सर्वसाधरण नागरिकहरु अलपत्र पर्नुका साथै चर्को भाडा तिरेर गन्तव्यमा पुग्न बाध्य भएकाले सामाजिकदुरी कायम राखेर गाडी संचालनमा ल्याउन लागिएको यातायात व्यवसायी प्रकाश भट्टले जानकारी दिनुभयो । भट्टका अनुसार रुकुम बिहान ६ बजे, १० बजे, दिउँसो १ बजे र साँझ साढे पाँच बजे बस छुटेन् भएका छन् । यो संगै दाङबाट दैनिक जिल्ला बाहिर ४० वटा बसहरु छुट्ने भएका छन् ।
यस अघि जिल्ला भित्र र बाहिर समेत तीन सय बसहरु संचालमा आउने गरेका थिए । यता दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले साहयक प्रमुख जिल्ला अधिकारीको संयोजकत्मा पास दिएर जिल्ला बाहिर गाडी पठाउने सहमिति भएको बताउनुभयो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।