दाङ, २६ असार । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सबै नागरिक समान भएको बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै आयोगका अध्यक्ष विश्वकर्माले समाजमा हुने सवै खालका विभेदलाई सविधानले बर्जित र कानुनले दण्डनिय गरेको हुदा कोहि पनि विभेद र अन्याय सहेर बस्न नहुने बताउनुभयो । यदी विभेदमा परेपनि काठमाण्डौमा संचारकर्मी रुपा सुनारले जस्तै जातिय विभेद विरुद्ध लड्न सक्ने आट र साहस गर्नुपर्ने उहाले बताउनुभयो ।
सामाजिक अपमान र अन्यायका विरुद्ध बोल्न र लड्न रुपा सुनार जस्तै नयाँ युवा शक्तिहरु अग्रसर हुनुपर्ने उहाले बताउनुभयो । जसरी रुपा सुनारले आफु माथी भएको विभेद र अन्यायका विरुद्ध हिम्मतका साथ लड्नु भएको छ ,अब त्यसैगरी नयाँ युवाहरुले साहस र हिम्मत गर्न जरुरी रहेको उहाले भन्नुभयो, हामी मानिस सवै समान छौ ,कसैले कसैलाई पनि विभेद गर्नु अपराध हो ।समाजमा जसले जातिय छुवाछुत गर्छ त्यसका विरुद्ध सवै एकजुट भई कानुनी उपचार खोज्न उहाले आग्रह गर्नुभयो । विगतमा जस्ता जातिय विभेद,अन्याय र अत्याचार सहेर बस्ने अवस्था नभएको बताउदै उहाले जसले समाजमा निकृष्ट,क्रुर प्रकारका अभिव्यक्ति,व्यवहार गर्छ भने त्यस्तालाई ढिलोचाडो कारवाही हुने बताउनुभयो ।
राज्यले कसैलाई पनि विभेद नगरेको र सबैलाई समान दृष्टिकोणले हेरेको उहाले बताउनुभयो । तर कतिपय पुरानै सोच र विचार भएका व्यक्ति ,जसले आफुलाई परिवर्तन गर्न नसकेका केहि मानिसहरुले मात्रै जातिय विभेद गरेको उहाले आरोप लगाउनुभयो । जसले समाज परिवर्तन चाहेको छ, जसले सामाजिक एकता चाहान्छ त्यस्ताले कहि कतै पनि विभेद नगरेको उहाको भनाई थियो ।
संघका अध्यक्ष बसन्त परियारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका आयोगका अध्यक्ष विश्वकर्माले आयोगले एक दशक भित्र दलित मुक्तिका रुपमा बनाउने गरी काम गरीरहेको बताउनुभयो ।आयेगले अहिले पन्चबर्षिय रणनितिक योजना सहित सन् २०२१ देखी २०३१ सम्मको दिर्घकालिन रणनितिक योजना निर्माण गरीरहेको उहाले बताउनुभयो ।साथै आयोगले विभिन्न संयन्त्रहरु संग समन्वय र सहकार्य गरी जातिय विभेद विरुद्धका जनचेतनामुलक अभियान संचालन गर्ने बताउनुभयो ।
विभेद अन्त्यका लागी कक्षा ८ देखी स्नातकतह सम्मका विद्यार्थीहरुलाई स्वंयमसेवकका रुपमा परिचालन गर्ने योजना बनाएको पनि उहाले बताउनुभयो ।सो अवसरमा उहाले पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिदै गाउँसमाज हुने छुवाछुतको घटनालाई उजागर गर्न दलित अधिकारकर्मीहरुलाई गर्नुभयो ।यस्तैगरी आयोगमा कर्मचारी अभाव भएकाले परिपुर्तिको लागी माग गरिएको तर त्यसमा कुनै राजनितिकीकरण नभई सिधै आयोगले योग्य र सक्षम कर्मचारी पठाउने,दलित समुदाय भित्र पनि विभेद गरेको पाईएमा कानुनी सजाय हुने , आयोगले कुनै राजनितिक दलको आग्रह तथा पुर्वाग्रहमा रहेर काम नगर्ने,सवै संग साझा सहकार्य र सकारात्मक समन्वय गर्ने बताउनुभयो । कार्यक्रममा रिपोट्स क्लवका अध्यक्ष शरद रेग्मी लगाएतले बोल्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव अर्जुन परियारले गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।