स्थापना दिवसमा अनेरास्ववियुद्धारा आर्थिक सहयोग

तुलसीपुर, १ जेठ / नेकपा एमाले निकट विद्यार्थी संगठन दाङ जिल्ला कमिटीले तुलसीपुर कोरोना विपद कोष र शीतलपुर सवदहा काठ बैककलाई आर्थिक सहयोग गर्ने भएको छ ।

५६ औ स्थापना दिवसका अवसरमा  तुलसीपुर कोरोना  विपद कोषमा ७ हजार एक सय र काठ बैकमा तीन हजार एक सय रुपैयाँ सहयोग गर्ने विद्यार्थी नेता बिरबल खड्काले जानकारी दिनुभयो ।

विद्यार्थी नेता खड्का सहित गोपाल रेग्मी, प्रकाश शर्मा, इन्द्र खड्का, रविन्द्र डाँगी, लगाएतले उक्त रकम कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उपलब्ध गराएको हुन ।

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार
प्रतिक्रिया