तुलसीपुर, २८ मंसीर ।तुलसीपुर ४ स्थित दद्रेनी,पतेरी खारखोला सिचाई आयोजनाको लागी डिपिआर निर्माण भएको छ ।त्यस क्षेत्रको ८० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनलाई सिचाई पु¥याउने लक्ष्यका साथ तयार पारिएको डिपिआर प्रतिवेदन जिके कन्ट्रक्सन कम्पनीले आईतवार एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।
वडा अध्यक्ष बालकृष्ण रानाको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा स्थानियहरुको पनि सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीले सिचाई आयोजना सम्पन्न गर्नका लागी तिन करोड खर्च हुने लागत स्टमेट सहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।कम्पनीले गएको कात्तिकमा सर्भे गरी झन्डै एक महिनाको अवधीमा डिपिआर तयार पारेको वडा अध्यक्ष रानाले बताएका छन् ।
डिपिआर निर्माण गर्दा दश लाख रुपैया बजेट खर्च भएको छ । सिचाईका लागी ग्वारखोलाको पानी ल्याउने गरी प्रतिवेदन तयार भएको छ । बाह्रै महिना ग्वारखोलामा पानी भएता पनि त्यहाका किसानहरुको खेती योग्य जमिन भने सुख्खा हुने गरेको छ । सोहि कारणले गर्दा सिचाई गोग्य खेती बनाउन प्रतिवेदन तयार पारिएको हो । वडा अध्यक्ष रानाका कारण प्रतिवेदन माथी बृहत छलफल गदै सर्बसम्मत पारित समेत भएको छ । सिचाई आयोजना निर्माण गर्ने प्रतिवेदन तयार भईसकेपछि अब कसरी आयोजना सम्पन्न गर्ने भन्ने सवालमा स्थानियहरुको बिचमा छलफल भएको वडा अध्यक्ष रानाले बताएका छन् ।
उनका अनुसार जतिसक्यो चाडै आयोजना सम्पन्न गर्ने लक्ष्य राखीएको छ । आयोजनाको लागी आबश्यक बजेट व्यवस्थापन गर्न नगर, प्रदेश र संघिय सरकार संग समन्वय तथा पहल गरी प्रतिवेदन पेश गरिने भएको छ । यति धेरै बजेट लाग्ने भएपछि एकै पटक सम्भव नहुने भएकाले राष्ट्रिय योजना अन्र्तगत क्रमागत योजनामा समाबेश गर्ने तयारी भएको वडा अध्यक्ष रानाले बताएका छन् ।
खेती योग्य जमिन भएपनि सिचाई नहुदा अहिले त्यहाका स्थानिय किसानले मकैखेती बाहेक अन्य कृषिजन्य बस्तु उत्पादन गर्न पाएका छैनन् । उक्त जमिनमा सिचाई पुगेपछि अन्य खेती पनि गर्न सहज हुने स्थानियले अपेक्षा गरेका छन् । सिचाई आयोजनाको डिपिआर तयार भईसकेको देख्दा स्थानिय खुसी भएका छन् ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।