यो सबैको साझा राजधानी हो

असोज तेह्रगते दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेपछि दुई तिहाई बहुमतका आधारमा दाङको देउखुरीलाई प्रदेश नं. ५ को स्थायी राजधानी घोषणा गरिएको हो । दुई तिहाई बहुमतका आधारमा सरकारले स्थायी राजधानी देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रदेश नामाकरण गरिएको हो । राजधानी घोषणा भइसकेपछि देउखुरीमा राजधानी व्यवस्थापनको लागि के–कस्तो तयारी छ, संरचना छैन वा छैनन्, बुटलवबाट देउखुरीमा राजधानी अइसकेपछि राख्ने ठाउँ कहाँ छ ? तयारीका गतिविधि केके भइरहेका छन् । यही विषयमा देउखुरीबाट तुलसिपुरखबरकर्मी शिवु खनालले राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीसंग गरिएको कुराकानी ।

 राजधानी घोषण भइसकेपछि यहाँहरुको तयारी केकस्तो छ, कसरी अगाडि बढ्नु हुन्छ ?

लोकतान्त्रीक गणतन्त्रात्मक संविधानको मर्म अनुसार नेपालमा सातवटा प्रदेश राज्यहरु स्थापना भए । त्यो मध्य पाँच नम्बर प्रदेशको राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका भालुवाङ्, अर्घखाँची जिल्लाको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ र गढवा गाउँपालिकाको १,२, र ३ नम्बर वडालाई केन्द्र विन्दु मानेर राप्ती गाउँपालिकाको समग्र भु–भागलाई समेटेर प्रदेशसभाको राजधानी घोषणा भएको छ । र प्रदेशको नाम लुम्बीनी प्रदेश भनेर नामाकरण गरिएको छ ।

यसमा लुम्वीनी प्रदेशमा रहेका बाह्रवटा जिल्लालाई पायक पर्ने पूर्वमा परासी र पश्चिमको बाँके बर्दिया, उत्तरको रोल्पा, प्यूठान र पूर्विरुकुम दाङ, अर्घखाँची, गुल्मीको भागमा चाहि उतिकै दुरीमा पर्ने भएको कारणले न्यायोचित तरीकाले राजधानी प्रदेशसभाले तोकेकोमा मैले प्रदेशसभाका माननिय मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिन चाहान्छु । जव राजधानी घोषणा भयो र राजधानी घोषणा भएको स्थानिय तहहरु र राप्ती गाउँपालिका भएको कारणले मैले आफुले जिम्मेवारी लिनुपर्छ भन्ने कुरा सोचेको छु । राप्ती गाउँपालिकामा प्रदेश राजधानीको लागि आवासीय जग्गाहरु प्रसस्त रहेको छ ।

याे पनि पढ्नुहाेस

सुनचाँदी व्यवसायी भन्छन् ,चाडपर्वले पनि छोएन

योभन्दा पहिला पनि अध्ययन गरेर देउखरी क्षेत्रमा जग्गा प्रसस्त रहेको मैले प्रदेशसभालाई जानकारी गराएको छु । राजधानीको लागि उपयुक्त एक हजार विगहा जग्गा दिन सकिने भनेर लिखितम पठाएको थियौँ । अहिले त्यो मुख्यमन्त्रीको कार्यालयमा दस्तावेजको रुपमा होला । राजधानीको लागी जग्गा राप्ती गाउँपालिकाको राजमार्ग देखि उत्तरतर्फ राप्ती प्राविधिक शिक्षालय लालमटियासंग जोडेर एक हजार विगाह जग्गा रहको छ । यस्तै राप्तीको किनारमा पनि नदी उकास रहेको करिब दुइसय उन्नाइस विगाह जग्गा रहेको छ ।

राजधानीको लागि संरचना निर्माण गर्नको लागि कुनै किसिमको जग्गा अपुग होला जस्तो मलाई लाग्दैन । किन भने गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा पनि प्रसस्त जग्गाहरु रहेको छ । अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ मा पनि प्रसस्त जग्गाहरुको रहेको छ । त्यसकारण जग्गाको लागि कमी कमजोरी हुदैँन । अनि अर्को कुरा राजधानी स्थापना गर्नका लागी नदी किनारको जग्गा समथर भुमि भएको कारणले उपयुक्त जग्गा हो । हाम्रो राप्ती अञ्चलको नामबाट नामकरण भएको राप्ती नदी यो लुम्वीनी प्रदेशेको पनि सबैभन्दा ठूलो नदी पनि हो । त्यसकारणले राजधानीको लागी बहुसंख्यक जनसंख्या शहर बस्छ पछि । र यहाँ पानकिो अवभा नहुनको लागी राप्ती नदी हामीलाई बर्दान हो । यस्तै यहाँ खेतीयोग्य र आवासीय जग्गाहरु पछि रहेका छन् ।

हामीसंग संरचना छैन, शुन्यबाट सुरु गर्ने अवस्था रहेको छ, बुटलवबाट देउखुरीमा राजधानी अइसकेपछि राख्ने ठाउँ कहाँ छ ?
अव अवस्था कस्तो रहन्छ । बुटवलबाट तत्कालै आउनुपर्ने अवस्था भयो भने यहाँ निर्माण हुने संरचनाहरु भाडामा भएपनि लिएर व्यवस्थापन गरेर चलाउन सकिएला र सबैभन्दा महत्वपूर्ण कुरा राप्ती गाउँपालिमा रहेको राप्ती प्राविधिक शिक्षालय भित्र थुप्रै भवनहरु रहेका छन् । तिस देखि पैतिवटा । त्यसभित्र मन्त्रालय, सांसद भवन र मन्त्रीका क्वाटरहरु पुग्ने सम्भावा छ ।

तर बालबालिकासंग जोडिएको र प्राविधिक लाईनमा पढ्ने विद्यार्थीको भविश्य संग जोडिएको लागी उपयुत्त ठाँउ हो त्यो । त्यसलाई पनि व्यवस्थापन गर्नुपर्छ । त्यो व्यवस्थापनको लागि हामीसंग आर्दश मा.वि.को तिस देखि पैतिस कोठे भवन पनि खाली रहेको छ र एैरावती आर्दश बहुमुखि क्याम्पसको भवन खाली छ ।  केही टहराहरु निर्माण गरि राप्ती प्राविधिक शिक्षालयलाई त्यहाँ लगेर व्यवस्थापन गर्न सकिन्छ । पहिला प्रदेश राजधानी स्थापन गर्नको लागि भौतिक संरचना निर्माण गर्नको लागि विज्ञ टोली र इञ्जिनियहरु सहित प्राविधिक म्ुल्यांकन वातावरण प्रभाव नियन्त्रण गुरुयोजना आइईई गर्नुपर्ने हुन्छ । अव यस्तै तिन ÷चार सय जना जती मान्छे अटाउने सभाहलको लागी हाम्रो गाउँपालिकाको सभाहल रहेको छ । योसंगसंगै हाम्रो गाउँपालिकाको भवन पनि बन्दै छ ।

राजधानीको केन्द्रमा विमानस्थलको कुरा पनि उठ्ने होला, कुन क्षेत्रलाई हेर्नु भएको छ ?
देउखुरी क्षेत्रमा आन्तरिक विमानस्थलको आवश्यक परेको छ । देउखुरी क्षेत्रमा आन्तरिक विमानस्थल भएन भने राजधानीले पाउनु पर्ने सुविधा पाउन सक्दैन । त्यसकारण आन्तरिक विमानस्थलको आवश्यक छ ।’ अव हामी चारवटै पालिका केही दिनभित्र समझदाबारीबाट कुन स्थानमा आन्तरिक विमास्थलको निर्माण गर्न सकिन्छ, त्यसको सम्भावनाको खोजी गरेर प्रदेश सरकारसंग अनुरोध गर्नेछाँै । देउखुरी क्षेत्रमा राजधानी आएसंगै हामी चारवटा स्थानीय तहले देउखुरी क्षेत्रमा आन्तरिक विमानस्थल संचालनको लागी योजना बनाउन आवश्यक रहेको छ । यसको लागी हामी केहि दिनभित्र बैठक बस्दैछाँै । यस्तै राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको नदी उकासबाट निस्किएको दुइसय उन्नीस विगाह जग्गा पनि रहेको छ । आवश्यक परेपछि प्रयोगमा ल्याउन सकिन्छ ।

देउखुरीका चारवटा पालिका प्रमुख बसेर राजधानी व्यवस्थापनको तथा संरचना निर्माणको लागि त्यस्तो तयारी भइरहेको छ ?
राम्रो प्रश्न गर्नुभयो यहाँले । राजधानी व्यवस्थापनको लागि एक्लैले मात्रै जिम्मेवारी लिएर गर्न सकिन्न । तत्कालिन अवस्थामा अहिले चारवटा पालिका प्रमुख बसेर छलफल गर्न भ्याएका छैनाँै । अव केही दिनपछि बसौँला । दिर्घकालिन योजना बनाएर अगाडि बढ्नेछौँ ।

अव अन्त्यमा दाङ देउखुरीबासी र लुम्विनी प्रदेशबासीलाई तपाई राप्ती गाउँपालिकाको अध्यक्षको नाताले के सन्देश दिन चाहानुहुन्छ ?

लुम्बिनी प्रदेश अन्तरगतका बाह्र जिल्लाबासीहरुलाई यो लुम्विनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका, अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका र गढवा गाउँपालिकाको सेरोफोरोमा बनेपनि यो सबैको साझा राजधानी हो । सबै मिलेर यसको चाही विकास निर्माण गर्नुपर्छ । सबै मिलेर यसलाई चाही संस्थागत गर्नुपर्छ ।संघिय राज्यलाई संस्थागत गरियो भने भोली विहान विकास निर्माण जनताको शुसासन र समृद्ध नेपाल सुखि नेपालीको परिकल्पना गर्न पुरा हुने हो । तत्कालै प्रदेश सरकार यता सरेपनि हामीले बुटवलको संरचना भन्दा कम ठाउँमा राख्ने छैनौं । प्रदेश सरकारले नै निर्माण गर्न केहि वर्ष ढिला होला हामी यहाँका पालिकाहरुले निर्माण गरेका भवनहरुमा प्रदेश सरकारका मन्त्रालय र कार्यालयहरु राख्ने छौं । राजमार्गले छोएको छ । भित्रि सडक सन्जाल पनि प्रशस्त छन् । लमही भित्रै ७० विघा ऐलानी जमिन छ । अव यसको लागी मैले सबै दाजुभाई, दिदि बहिनिहरुलाई हामी सबैको साझा राजधानी हो र साझा भएको हुनाले उत्प्रेरित भएर यसलाई अगाडि बढाउ भनेर सबैलाई आहव गर्न चाहान्छु ।।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया