सुनचाँदी व्यवसायी भन्छन् ,चाडपर्वले पनि छोएन

धेरै जसो कालिगढ पेशाबाट पलाएन

 तुलसीपुर २५ असोज । नेपालीहरुको महान् पर्व बडा दशै आउन अब केहि हप्ता बाँकी रहेको छ भने तिहार आउन झन्डै एक महिना छ । चार्डपर्व नजिकिए संगै शहर देखी गाउँ सम्म चहलपहल हुनु पर्ने हो । तर यो वर्ष त्यसो देखीदैन । कोरोना माहामारीका कारण यस वर्षको चार्डपर्वमा माहोल फरक भएको छ । बजारमा केहि चहल पहल भएपनि व्यापार व्यवसाय नभएको व्यापारीहरुले बताउने गरेका छन् । चार्डपर्वको समयमा पसलहरुमा भिडभाड हुने र धेरै कारोवार हुने भएता पनि यस वर्ष विगतको जस्तो कारोवार हुन सकेको छैन ।

अन्य पसलहरुमा केहि भिडभाड भएपनि सुनचाँदी पसल सुनसान बनेको व्यापारीको भनाई छ । विशेषगरी सुनको कोरोना हुने भनेको भदौ महिनामा मनाईने महिलाहरुको महान् पर्व हरितालिका तिज ,असोज र कात्तिकमा मनाईने नेपालीहरुको महान् चार्ड बडा दशै तथा तिहार हो । सुनचादी व्यवसायीका अनुसार प्रत्येक वर्षको भदौ, असोज,मंसीर,माघ र फागुन महिनालाई सिजनका रुपमा लिने गरिन्छ ।तर गएको चैत ११ देखी बन्दाबन्दी भएकै कारण यस वर्ष सुनचाँदीको व्यापार हुन छोडेको व्यापारीहरु बताउँछन् । कोरोना माहामारीका कारण बन्दाबन्दी हुनु, आर्थिक संकट हुनु, मानिसहरुको आवतजावत नहुनु र सुनको भाउ महँगीले गर्दा यस वर्षको सुनचाँदी व्यापारमा ठुलो असर पुगेको व्यापारीहरुको भनाई छ ।

गएको वर्षमा यो सिजनमा ४०÷४२ तोला सुनको कारोवार गरेका व्यापारीले यस वर्ष मुस्किलले एक÷दुई तोला सुनको कारोवार गरेका बताउने गरेका छन् । चार्डपर्वको समयमा भरिभराउ हुने सुनचाँदी पसल आज भोली सुनसान जस्तै भएको उनीहरुको भनाई छ । तुलसीपुर क लाईनमा अवस्थित न्यु टिका सुनचाँदी पसलका सन्चालक तुलसीराम सुनारले तिजमा सुनको कारोवार ठप्प भएको बताउँछन । सुनको कारोवार हुने सिजन तिजमा खासै कारोवार नभएको उनले बताएका छन् ।कोरोनाले गर्दा उत्पन्न भएको विशेष परिस्थितिमा गएको तिजमा सुनको कारोवार नभएको उनको भनाई छ । साथै नजिकिदै गरेको नेपालीहरुको महान् पर्व बडादशै र तिहारमा पनि सुनको व्यापार सुनसान बनेको उनी बताउँछन् । यस वर्ष सुनको भाउ समेत महँगो भएकाले पनि कारोवार हुनै छोडेको छ । छिट्फुट रुपमा सेवाग्राही पसलमा आएर सुनको भाउ सोध्नु हुन्छ अनि त्यसै फर्केर जाने गरेको उनको भनाई छ ।

यस्तैगरी ज्योती गहना पसलका सन्चालक हरि बहादुर विकको पनि उस्तै दुखेसो छ । कोरोना माहामारीले गर्दा सरकारले गरेको लकडाउनको कारण झन्डै पाँच महिना पसल बन्द भएको उनले बताएका छन् । त्यसपछि पसल खुल्ला भएपनि तिजमा सुनको कारोवार खासै नभएको उनको भनाई छ ।कोरोना संक्रमण जोखिमका बावजुद पनि पसल खोलेता पनि सेवा ग्राही आउन छोडेको उनको भनाई छ ।जसले गर्दा सुनको कारोवार हुने सिजनमा व्यापार ठप्प हुदा आफुहरु धेरै समस्या परेको उनले बताएका छन् ।

तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघका महासचिव समेत रहेका विकले विगतका वर्षमा यो सिजनमा आफुले दैनिक दुई ÷तिन तोला सुनको कारोवार गरेको बताएका छन् । तर यो वर्ष लामो सयम बन्द पछि बल्लतल्ल पसल खुले पनि कारोवार खासै नभएको उनले बताएका छन् । विगतका वर्षमा चार्डपर्व नजिकीए संगै कमाउन गएका विदेसियएका मानिसहरु घर फर्किने क्रममा सुनका गरगहनाको कारोवार हुने गरेको बताउदै उनले यो वर्ष त्यस्ता व्यक्तिहरुको आवतजावत समेत हुन छोडेकोले कारोवार नभएको उनको भनाई छ । यो वर्ष कोरोनाले गर्दा बाहिरी देशबाट आउने मानिसहरु कम भएकाले स्थानिय स्तरका सेवाग्राहीहरुबाट खासै व्यापार नभएको उनको भनाई छ ।
धेरै जसो कालिगढ पेशाबाट पलाएन
तुलसीपुर क्षेत्रका विभिन्न सुनचाँदी पसलमा काम गर्ने कालिगढहरु धेरै जसो यो पेशाबाट पलाएन भएको व्यापारीहरुले बताउने गरेका छन् । कोरोनाका कारण गएको चैत ११ गते देखी सुनचाँदीका पसल बन्द भएपछि घर गएका धेरै जसो कालिगढहरु अहिले पेशामा नफर्किएको तुलसीपुरका व्यापारीहरुको भनाई छ । तुलसीपुरका सुनचाँदी पसलमा स्वदेशी तथा विदेशी नागरिकहरु गरी सयौ कामदारहरुले कालिगढका रुपमा काम गदै आएका थिए । उनीहरुले सोहि पेशाबाट आफनो दैनिकी चलाउदै आएका थिए । तर कोरोना माहामारीका कारण बन्दाबन्दी हुदा घर गएका धेरै जसो कालिगढहरु अहिले सोहि पेशामा फर्कन सकेका छैनन् ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया