२०८३ असोज २३ गते शुक्रवार

पोखरामा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १४जना घाईते

कास्की, २३ असोज । पोखरामा बिहान स्कुल बस दुर्घटना हुँदा चार जना विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२८ कालीकानमा रहेको ओख्लेको भिरमा कालीका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट झण्डै २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसमा रहेका १९ जनाकै उद्धार गरी अस्पताल पठाएकोमा उपचारका क्रममा चार जना बालबालिका र एक जना ६५ वर्षीय वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक मध्ये तिन जनाको मात्रै सनाखत भएको छ भने अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा ममता तिवारी, अशिम कँडेल, नामथर नखुलेका दुई बालीका र पोखरा महानगरपालिका–२८ का ६५ वर्षीय बाबुराम तिवारी रहेका छन् । घाइतेमध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा र ११ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ भने धेरैको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । चालक ५७ वर्षीय तुलबहादुर गुरुङ पनि घाइते हुनुभएको छ । यस्तै उद्धारका क्रममा प्रहरी जवान अर्जुन शाहीसमेत सामान्य घाइते भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।