२०८३ असोज १२ गते सोमवार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा,१२ असोज । झापाको बाह्रदशी गाउँपालिका–१ भागडुब्बास्थित सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्। आज बिहान भागडुब्बाबाट राजगढतर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१४ प ११९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा बाह्रदशी गाउँपालिका–४ का १८ वर्षीय मोटरसाइकल चालक करण राजवंशी र सोही स्थानका १९ वर्षीय पछाडि सवार अजय राजवंशी घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। उपचारका क्रममा मोटरसाइकल चालक करण राजवंशीलाई चिकित्सकले दिउँसो  मृत घोषणा गरेका थिए। पछाडि सवार अजय राजवंशीको अवस्था मध्यम रहेको बताइएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल, बस तथा बस चालक बाह्रदशी गाउँपालिका–१ सालघारी निवासी करिब ४१ वर्षीय धनबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।