फोटो फाईल
काठमाडौ, १० असोज । डोल्पामा गाईगोठ माथि भिरबाट खसेको ढुङगाले लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ७ रावलबाडामा गाईगोठमा सुतिरहेको अवस्थामा वर्षासँगै भिरबाट खसेको ढुङगाले लागेर सोहि ठाउँका ३३ वर्षीय मनरुप के.सीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोहि घटनामा परी ३८ वर्षीय चन्द्ररुप के.सी सामान्य घाईते हुने भएको छ । वर्षासँगै भिरबाट खसेको ढुङ्गाले लाग्दा मनरुपको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार प्रहरीको टोली घटना स्थलमा पुगेर घटनाको बारेमा आबश्यक अनुसन्धान भईरहेको छ ।
प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।