काठमाडौँ, २२ असोज । नेकपा (एमाले) ले आउँदो मंसीर २६ गते वडा अधिवेशन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा विहिवार बसेको स्थायी कमिटी बैठकले मंसीर २६ गते वडा र आउँदो पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।
यस्तै मंसीर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय पनि गरिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । राष्ट्रिय भेलामा पार्टीका प्रदेश र जिल्लाका पदाधिकारी तथा सङ्घ, प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुनेछन् । पार्टीले नगर र वडा अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको छ । १३ जिल्लामा खाली रहेका अध्यक्ष पदमा स्थानीय कमिटीलाई नै निर्णय गरी केन्द्रमा नाम पठाउन भनिएको छ । स्थायी कमिटीको बैठक भोलि दिउँसो १ बजे फेरि बस्ने भट्टले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८३ असोज २२ गते बिहिवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।