२०८३ असोज २२ गते बिहिवार

मेरो सन्तान भएन भनेर अव चिन्ता गर्नु पर्दैन !

दाङको घोराहीमा करिब चार महिना अघि सञ्चालनमा आएको शिशु निःसन्तानपन उपचार केन्द्र निःसन्तान दम्पतीहरूका लागि आशाको केन्द्र बनेको छ । केन्द्रले औषधी उपचारदेखि आधुनिक प्रविधि मार्फत गरिएको उपचारबाट सफल नतिजा दिइरहेको छ । समाजमा अझै पनि निःसन्तान दम्पतीप्रति नकारात्मक दृष्टिकोण रहे पनि क्रमशः सोचमा परिवर्तन आइरहेको क्लिनिकको भनाइ छ । यसै विषयमा केन्द्रित रहेर शिशु निःसन्तानपन उपचार केन्द्र घोराहीका संचालक विज्ञान भण्डारीसंग गरिएको सारसंक्षेप कुराकानी ।  

यहाँलाई स्वागत छ । धन्यवाद छ । दाङको घोराहीमा शिशु निसन्तानपन उपचार केन्द्र सञ्चालनमा आएको कति भयो ?  करिब चार महिना हुन थाल्यो । शिशु निसन्तानपन उपचार केन्द्र खोल्नुको उद्देश्य के हो ? नेपालमा जो निःसन्तान दम्पतीले सन्तान प्राप्तिको सपना लिइरहनु भएको छ । उहाँहरूलाई सन्तान प्राप्तिको सपनाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नै हामीले यो क्लिनिक सञ्चालन गरेका हौँ । निःसन्तान पनका उपचार पद्धति के कस्ता छन् ? सर्वप्रथम त निसन्तानपन दम्पतीहरूको समस्या के छ  र कहाँनेर समस्या हो, त्यसको पहिचान गरेर सामान्य देखि नवीनतम् प्रविधिको प्रयोग गरेर उपचार गर्ने गरिन्छ । हामीहरूले औषधीको प्रयोग, आई.यु.आई, आई. भि. एफ, इस्की उपचार पद्धतिहरू अपनाउने गरेका छौ । जसका कारण यसले राम्रो नतिजा आइरहेको छ । निःसन्तानपनलाई समाजले कसरी लिन्छ ? निःसन्तानपनलाई समाजले एकदमै फरक दृष्टिकोणले लिने र हेर्ने गर्दछ । बाझो र बाझीको संज्ञा दिएर यिनीहरुको सन्तान हुँदैन अब के हुने होला ? यिनीहरूको सम्पत्तिको अधिकार दाइभाइ त होलान् भनी हेपाहाका रुपमा लिदैँ आएतापनि अब विस्तारै यो सोचाई भने परिवर्तन भएको समाजमा देख्न सकिन्छ । निःसन्तानपन सँग जोडिएका नैतिक सवालहरू के के छन् ? निःसन्तानपन सँग जोडिएका नैतिक सवालहरुमा मानसिक पीडाको सवाल त छदैँछ । त्यसमा पनि पारीवारिक र सामाजिक पीडा थपिएको छ । निःसन्तानपन दम्पतीले के हामी बाबा आमा बन्न सक्दैनौँ त ? हामी अभागी रहेछौँ । म आमा बन्न सक्दिन रहेछु । म सबैका लागि बोझ मात्र भएछु । मलाई घर परिवार, साथीभाइ, इष्टमित्रहरुले के भन्लान् ? के यसको समाधान गर्ने उपचार पद्धति छैन त ? भन्ने खालका नैतिक सवालहरु आउँछन् त्यतिकैमा परिवारमा थप अर्को विहे गरे त सन्तान भैहाल्छ नि भन्ने पीडासँगै समाजले यो त बाँझो यो त बाँझीहो भन्ने खालका नैतिक सवालहरू देखिन्छ ।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।