तुलसीपुर, १६ भदौ । तुलसीपुर उपमहानगरापलिका–१२ का स्थानीय वासीले राप्ती बबई क्याम्पसदेखि पुकार पसल जोड्ने जीर्ण सडक मर्मत गरेका छन् ।
राप्ती बबई क्याम्पसदेखि पृथ्वी टोल हुँदै पुकार पसल जोड्ने करिब २ सय मिटर सडकमा ग्राबेल बिछ्याउनुका साथै खाल्डाखुल्डी पूर्ने काम सम्पन्न भएको स्थानीय भिम बहादुर भण्डारीले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले जिर्ण सडकमा केहि समय अघि ग्राबेल झारेपनि बिछ्याएको थिएन् । स्थानीय प्रथ्वी टोल विकास संस्थाका अध्यक्ष भिमबहादुर खत्रीको नेतृत्वमा २४÷२५ जनाको समूहले निर्ण सडकमा ग्राबेल बिछउने, खाल्डाखुल्डी पुर्ने काम गरेका थियो ।
लकडाउनको समयमा सामाजिक दुरि कायम गर्दै सडक मर्मत गरेपछि आवतजावतमा सहजता भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार


















